परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले युरोपमा रहेका नेपालीबारे चासो राखेका छन् । कोरोना भाइरस संक्रमणको भयाभह स्थिति रहेको युरोपमा रहेका नेपालीका बारेमा चासो राख्दै त्यहाँस्थित नेपाली राजदूतहरूसँग कुराकानी गरेका हुन् ।
मन्त्री ज्ञावलीले आज युरोपस्थित नेपाली राजदूतहरूसँग टेलिफोन संवादमा त्यहाँ रहेका नेपालीको सुरक्षा र हितका लागि हरबखत तयार रहन निर्देशन दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनले त्यहाँ रहेका नेपाली विद्यार्थीका साथै रोजगारीका शिलशिलामा पेगकाहरूको भिसाको अवधि बढाउने, उनीहरूका लागि आवश्यक सहयोगलागयतका विषयमा ध्यान दिन पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
‘परराष्ट्रमन्त्रीले आज युरोपस्थित नेपाली राजदूतहरूसँग टेलिफोनमा संवाद गरी कोभिड-१९ को वर्तमान अवस्था र त्यहाँ रहेका नेपालीहरूको सुरक्षा एवं हितका लागि नियोगहरूले गरेका कार्यबारे जानकारी लिनु भई सहयोगका लागि हरबखत तयार रहन निर्देशन दिनुभयो ‘ मन्त्रालयले ट्विटमा भनेको छ ।