लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

 न्यूज विराट
लकडाउनमा बैंकका तल्लाे तहका कर्मचारीलाई सास्ती, हाकिमलाई मस्ती

सुर्खेत, वैशाख ४-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण हुने डरले २ घण्टा मात्र खुल्ने बैंकहरूमा तल्ला तहका कर्मचारीमा त्रास छाएको छ ।बैंकमा लकडाउन पनि भीडभाड हुने, रकम झिक्ने र जम्मा गर्ने काम भएकाले बैंकका तल्ला तहका कर्मचारीमा त्रास छाएको हो ।

बैंकहरूको अनुगमन गर्ने निकाय राष्ट्र बैंकले सर्वसाधारणलाई सुविधा दिन निर्देशन दिएपछि लकडाउनका बेलामा पनि बैंकहरू खुलिरहेका छन् । बैंक खुल्ला रहँदा बैंकका शाखा प्रबन्धकहरूले तल्लाे तहका कर्मचारीलाई निर्देशन दिएर आफूहरू भने घरबाटै काम गरिरहेका छन् ।

सीमित मात्र खुलेका बैंकका शाखाले समय छोट्याएका भए पनि रूपैयाँबाट कोरोना सर्ने समाचार सुनेकाले आफूहरू अहिले जोखिम मोलेरै भए पनि काम गरिरहेको राष्ट्रिय वाणिज्य बैंकका एक क्यासियरले बताए ।

‘बैंकहरूमा आउने मान्छे लाइन लागेर आउँछन्,’ उनले भने, ‘हाकिम घरमा नै बसेर निर्देशन दिन्छन् । हामीले नै बैंकको सबै काम गर्नुपर्दा कोरोनाको त्रास छ ।’

बैंकहरूमा प्रायः लकडाउनका बेला क्यासियरभन्दा तल्ला कर्मचारी मात्र आउने गरेको र प्रबन्धकहरूले घरमा नै बसेर काम गर्ने गरेको एनआईसी एसिया बैंकका एक क्यासियरले बताए । ‘लकडाउनमा हाकिम सरहरूको मस्ती छ ।’ उनले भने, ‘हामीजस्ता तल्ला कर्मचारीले सास्ती भोग्नुपरेको छ ।’

बैंकहरूले आफ्ना ग्राहकलाई डिजिटल सेवा प्रयोग गर्न आग्रह गरिरहेका भए पनि सेवाग्राही पैसा झिक्न र जम्मा गर्न लाइनमा बस्ने गरेकाे बैंक कर्मचारीले जनाएका छन् ।

सम्बन्धित समाचार

श्रममन्त्री यादवद्धारा ३ महिने कार्ययोजना सार्बजनिक

काठमाडौं, पुुस २२–श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनामा आफूले गर्ने कामको विवरण सार्वजनिक गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री यादवले चालु आर्थिक वर्षमा ६० हजार बेरोजगारलाई रोजगारी प्रदान...

विराटनगरमा आत्मरक्षा तालिम, ७ जिल्लाका खेलाडीहरूको सहभागि

विराटनगर । ‘प्रथम कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम’ शनिबार विराटनगरमा सम्पन्न भएको छ । कोसी प्रदेश आईटीएफ तेक्वान्दो संघले विराटनगरस्थित कर्भड हल आयोजना गरेको आत्मरक्षा प्रदेशका ७ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो...

कोशी प्रदेश टप गर्ने विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो...

भाेलिदेखि सपिङ मलहरू खाेल्दै व्यवसायी

काठमाडाैं, ३२ जेठ-१ असारदेखि काठमाडौंका सपिङ मलहरू खुल्ने भएका छन् । आरबी कम्प्लेक्स व्यापार संघ, पिपुल्स प्लाजा व्यापार संघ, विशालबजार, शिभिल मल, वल्र्ड ट्रेड सेन्टरलगायतका मलहरू सञ्चालन गर्ने तयारी व्यवसायीले गरेका हुन् । लकडाउन लम्बिदै...

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर अनुसन्धान ब्यूरोमा उजुरी

काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’...

माधव नेपाललाई फकाउन दोस्रो तहका नेताहरू कोटेश्वरमा

काठमाडौं, २० असार । नेकपा एमालेका दोस्रो तहका नेताहरू माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । उनीहरूले पार्टीमा पुनर्मिलनमा गम्भीर हुन माधव नेपाललाई आग्रह गरेको बताइएको छ । छलफलमा नेपाल पक्षका भीम आचार्य, गोकर्ण विष्ट,...

लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।...

६१ लाखको सुन र चाँदी चोरी प्रकरण, तीन जना पुर्पक्षको लागि कारागार चलान

विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्