पैदल घर हिँडेकाको समस्या समाधान गर्न सरकारलाई राजपाको आग्रह

 न्यूज विराट
पैदल घर हिँडेकाको समस्या समाधान गर्न सरकारलाई राजपाको आग्रह

जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल हिँडेर आफ्नो जिल्ला गइरहेका जनताका पक्षमा गम्भीर बन्दै समस्या समाधान गर्न पनि सुझाव दिएका छन् ।

‘लकडाउनमा दिनहुँ काठमाडौंबाट पैदल यात्रा गरी हजारौँको संख्यामा सर्वसाधारण नागरिक आ-आफ्नो जिल्लातर्फ गइरहेका छन् । जसले एकातिर विभिन्न ठाउँमा झडपको स्थिति सिर्जना भएको छ भने अर्कोतिर स्थानीय ठाउँहरूमा त्रासको पनि अवस्था छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण लकडाउनलाई सफल बनाउन यस विषयमा सरकार गम्भीर भई यसको उचित समाधान खोज्नुपर्छ ।’

व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरी सीमा नाकामा थप कडाइ गर्न राजपाले माग गरेको छ । संयोजक भण्डारीले लकडाउनको समयसीमा बढाउने निर्णय स्वागत योग्य रहेको भन्दै सबैलाई यसका पूर्णरूपमा पालना गर्न पनि आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

फेरि बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर १ सय ७

काठमाडौं, १६ भदौ-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । पेट्रोलको साविकको मूल्यमा २ रुपैयाँले मूल्य...

तिलोत्तमा हत्या प्रकरणः क्षतिपूर्तिको माग गर्दा मृतकको पोष्टमार्टम हुन सकेन  

बुटवल, २८ जेठ-रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनहवा रहेको गंगादेवी पशु फार्ममा सोमबार राती हत्या भएका ५ जनाको अझै पोष्टमार्टम हुन सकेको छैन । मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि अनुमति नदिँदा पोष्टमार्टम हुन नसकेको प्रदेश...

नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो ३ दिन लगाएर पन्छाइयो

चितवन, ६ असार-नारायणगढ-सडकखण्डको चारकिलोमा खसेको पहिरो ३ दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरूपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव...

विदेशमन्त्रीको अभिव्यक्ति सच्याउँदै भारतले भन्यो, ‘बुद्ध लुम्बिनीमै जन्मिएका हुन्’  

काठमाडौं, २५ साउन-विदेशमन्त्री एस जयशंकरले भगवान गौतम बुद्धबारे दिएको गलत अभिव्यक्ति भारतले सच्याएको छ । नेपालमा जन्मिएका बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाललगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो ।...

४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...

खोपको असर : वीर अस्पतालका ६ स्वास्थ्यकर्मीलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या

कोरोना भाइरसविरुद्धको खोप लगाएका वीर अस्पतालका ६ जना स्वास्थ्यकर्मीको स्वास्थ्यमा समस्या देखिएको छ । उनीहरूलाई रिङ्गटा र वाकवाक लाग्ने समस्या देखिएको वीर अस्पतालको कोरोना फोकल पर्सन अच्युत कार्कीले जानकारी दिए । ‘खोप लगाएपछि केहीबेर ६...

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २० असार-आज बिहान बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज स्थायी कमिटी बैठक स्थगित भएको छ ।बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे बैठक सोमबारसम्मका लागि स्थगित गरिएकाे हो । बिहीबार पनि...

मनमोहन विश्वविद्यालयको शिक्षालयमा ‘स्पोर्ट्स मिट’ सुरु

विराटनगर । मनमोहनप्राविधिकविश्वविद्यालयको आंगिकशिक्षालयमनमोहन स्मृतिपोलिटेक्निकमातीनदिने ‘स्र्पोट मिट’ सुरुभएको छ ।मोरङको बुढीगंगा गाउँपालिका १ हात्तीमुढा स्थित विश्विद्यालय परिसरमाआइतवारदेखीमनमोहन स्मृति‘स्र्पोट मिट’ २०८१ सुरु भएको हो ।आइतवार मनमोहनप्राविधिकविश्वविद्यालय संरक्षण समिति सदस्य सत्यनारायण चौधरीले उक्त्त‘स्र्पोट मिट’ को उदघाटन गरे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्