प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय

 न्यूज विराट
प्रदेश–५ का सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय

बुटवल, ३ वैशाख-प्रदेश–५ ले सबै स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको हो ।

प्रदेशभरीका १ सय ९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैयाँ अनुदान दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बैठकले बुटवल, घोराही, तुलसीपुर उपमहानगरपालिका तथा सिद्धार्थनगर नगरपालिकालाई २०/२० लाख र नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको हो । प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५/१५ लाख र ७३ गाउँपालिकालाई १०/१० लाख रुपैयाँ अनुदान दिने बताइएको छ ।

सम्बन्धित समाचार

तीन सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन

काठमाडौं, ४ मंसिर-तीन ठूला सञ्चारगृहमा दोस्रो चरणको आन्दोलन घोषणाको तयारीस्वरूप नेपाल पत्रकार महासंघले आज विभिन्न संघसंगठनसँग राय सुझाव लिएको छ । महासंघमा आयोजित छलफलमा पत्रकारिता सम्बद्ध संगठनले श्रमजीवी पत्रकारको अधिकार प्राप्तिका लागि महासंघले सम्बद्ध सञ्चारगृहका...

विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ । साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको...

कैद भुक्तान सकिने दिन एक जना कैदीको मृत्यु, कोशी अस्पताल तनावग्रस्त

विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ । लेनदेन ठगी मुद्दामा कैद भुक्तान गर्दै आएका विराटनगर – १० का ४८ वर्षीय चण्डेश्वर सहनीको आज विहान ६ः४५ बजे...

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र

विराटनगर, फागुन १८–नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशनको तयारी तीब्र पारिएको छ । विराटनगरमा आगामी चैत २२ गते हुने महासंघ मोरङको २२ औँ जिल्ला भेला तथा १२ औँ जिल्ला अधिवेशनको तयारी तीब्र पारिएको...

प्रदेश २ मा थप १२१ जनामा संक्रमण

जनकपुर, २२ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँचजनाको मृत्यु भएको छ । सर्लाही र सिरहामा दुई/दुई जना र पर्सामा एकजना गरी पाँचजना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृतकमध्ये...

प्रदेश १ मा १५ हजार ९ सयले गरे गर्भपतन

विराटनगर । प्रदेश १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा...

केयूको बिआईटी कार्यक्रम अब एस्पायर कलेजमा

विराटनगर । विराटनगर–१४ मा रहेको काठमाण्डौं विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा यसै शैक्षिक सत्रबाट स्कुल अफ इन्जिनियरिङको बिआईटी कार्यक्रम संचालनमा आउने भएको छ । काठमाण्डौ विश्वविद्यालयले एक कार्यक्रम आयोजना गरी विश्वविद्यालय र एस्पायर...

मारवाडी समाजद्धारा विराटनगर महानगरपालिकालाई राहत हस्तान्तरण

विराटनगर, चैत २२–विराटनगर महानगरपालिकालाइ मारवाडी समाज विराटनगरर्ले ६ लाख रुपैयाँ बराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । मारवाडी युवामन्च विराटनगरका अधयक्ष युवासमाजसेवी गोपाल अग्रवाल र ४१ क्लबका अधयक्ष उघोगी सुरेन्द्र गोल्छाले शनिवार विराटनगर महानगरपालिकाका मेयर भीम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्