वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

 न्यूज विराट
वायुसेवा निगमको कार्यकारी अध्यक्षमा पूर्वसचिव घिमिरे नियुक्त

काठमाडौं, ३ वैशाख-नेपाल वायुसेवा निगमकाे कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरिएकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले तीन महिनायता रिक्त पदमा पूर्वसचिव घिमिरेलाई नियुक्त गरेकाे हाे ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा १८ महिना सचिव भएर काम गरेका थिए । यसअघि निगमका कार्यकारी अध्यक्ष मदन खरेल ४ वर्षे कार्यकाल पूरा नगरी माघ ०७६ मा राजीनामा दिएर अष्ट्रेलियातिर हिँडेपछि उक्त पद रिक्त थियाे ।

पर्यटनमन्त्री योगेश भट्टराईले घिमिरेको संयोजकत्वमा साउनमा निगम सुधारका लागि कार्यदल गठन गरेका थिए । ५ सदस्यीय उक्त कार्यदलले १ असोजमा विस्तृत प्रतिवेदनसमेत बुझाएको थियो ।

सम्बन्धित समाचार

सिनेमा हल तथा जिम खाना माघ १५ गतेसम्म बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं, २ माघ । सरकारले सबै प्रकारका भेला, जुलुस तथा आमसभा गर्न रोक लगाएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै माघ मसान्तसम्म उक्त कार्य गर्न रोक लगाएको हो । 'सबै प्रकारका आमसभा, जुलुस,...

प्रदेश १ को आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रित हुने

विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत...

गणतन्त्र दिवसमा राष्ट्रपतिद्वारा २ सय ३३ कैदीको सजाय मिनाहा

काठमाडौं, १५ जेठ-गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा २ सय ३३ जना कैदीको बाँकी कैद सजाय माफी मिनाहा दिएकी छन् । नेपालको संविधान धारा २७६, फौजदारी कसुर औसजाय निर्धारण तथा कार्यान्वयनओ ऐन २०७४...

सप्तरीमा एकैदिन ४३ जनाले जिते कोरोना 

सप्तरी, २२ साउन -सप्तरीमा एकै दिन ४३ जना सङ्क्रमित कोरोना जितेर घर फर्केका छन् । गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रणजीतकुमार झाका अनुसार एकैपटक ९ महिलासहित ४३ जना निको भएका हुन् ।  उनीहरूको अन्तिम...

रौतहट तस्कर र प्रहरीबीच झडप, १४ राउन्ड गोली चल्यो

काठमाडौं, २९ साउन-रौतहट तस्कर र प्रहरीबीच झडप भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका भन्ने सूचनाका आधारमा राँगा-भैँसी नियन्त्रणमा लिन गएको प्रहरी र राजपुर स्थानीयबीच  झडप हुँदा गोली चलेको छ । भारतीय सीमा जोडिएको...

तेह्रथुमको म्याङलुङमा दुर्घटना, एक जनाको मृत्यु

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका १० सुर्केमा बिहीबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । बसन्तपुरबाट म्याङलुङतर्फ खाना पकाउने ग्यास लिएर आउँदै गरेको को...

विराटनगरस्थित मेघा बैंकका एक कर्मचारीमा कोरोना

विराटनगर, साउन २७–विराटनगरस्थिथ मेघा बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । विराटनगर जलजला चौक पूर्व रहेको बैंकको शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको बैैंकले जनाएको छ । बैंकका अनुसार संक्रमित विराटनगर–११ निवासी हुन् ।

सकियो नेकपा सचिवालय बैठक, राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडाैं, ८ वैशाख-बालुवाटारमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन र संवैधानिक परिषद्सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् संसोधन गर्ने निर्णय गरेलगत्तै सचिवालय बैठक बसेको थियो । बैठक सकिएलगत्तै प्रधानमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्