क्वारेन्टाइन रहेका १२ सय बढीलाई घर फिर्ता

 न्यूज विराट
क्वारेन्टाइन रहेका १२ सय बढीलाई घर फिर्ता

बुटवल, ३ वैशाख-प्रदेश–५ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्टकै आधारमा १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकालाई घर पठाइएको छ ।प्रदेश–५ मा मंगलबारसम्म १२ सय ७ जनाको आरडीटी किटको माध्यमबाट स्वाब परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई घर पठाइएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मनबहादुर वलीले जानकारी दिए ।

आरडीटी किटबाट स्वाब परिक्षणको विश्वसनियतामा प्रश्न उठिरहेका बेला आरडीटी रिपोर्टकै भरमा धमाधम क्वारेन्टाइनमा बसेकालाई घर पठाइएको हो ।

‘उहाँहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि आरडीटी किटबाट स्वाब परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाएका हौँ’ तथ्यांक अधिकृत वलीले भने, ‘घरमा पुग्न साथ पनि होम क्वारेन्टाइनमा बस्न र शंकास्पद केही लक्षण देखिए पुनः जाँच गर्न भनेर पठाएका छौँ ।’

सम्बन्धित समाचार

भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको छ : भारतीय विदेश सचिव

भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् । भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँंगै आज नवनिर्मित भवनको  उद्घाटन गर्दै उनले...

नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।...

दोस्रो विराट राजवंशी महोत्सव हुने

विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो विराट राजवंशी महोत्सव हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देखि २१ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक समितिले विराटनगरमा...

मोरङका ६ स्थानीय तहले ६० मेगावाट विद्यतु उत्पादन गर्ने

विराटनगर, माघ २४–मोरङका ६ वटा स्थानीय तहले सोलार प्यानलबाट ६० मेगावाटको बिजुली उत्पादन गर्ने भएका छन् । पहिलो चरणमा ६० मेगावाट बिजुली उत्पादन गर्ने गरी बेलायतको व्यकपिल्ड इन्टरनेशनल लिमिटेडसँग सम्झौता गरेको अन्तर स्थानियतह साझा सरोकार...

कुपोषण नियन्त्रण गर्न पोषण बाढ्दै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...

फुस छानो फेर्न एक अर्ब ३६ करोड विनियोजन

झापा, ३१ भदौ-झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर...

श्रीमान्‌लाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा श्रीमती पक्राउ

काठमाडौं, २६ चैत । आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका- ८ दुर्गाचोकका ४२ वर्षीय उत्तम सुवेदीले बिहीबार आफ्नै घरको भान्छामा पासो लगाएर आत्महत्या गरेका थिए । उत्तमलाई आत्महत्या गर्न...

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बैतडी, ६ कात्तिक-बैतडीका २४ हजार बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । कात्तिक ७ र ८ गते सञ्चालन हुने राष्ट्रिय कार्यक्रमअनुसार जिल्लाका २३ हजार ८९४ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्