भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

 न्यूज विराट
भारदह अस्पताललाई स्तरोन्नति गरिँदै

सप्तरी, ३ वैशाख-प्रदेश नं २ सरकारले जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्न लागिएको सप्तरीको भारदहस्थित अस्पतालको सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले निरीक्षण गरेका छन् ।

प्रदेश नं २ सरकारले केही दिनअघि कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गरी प्रदेश सरकारले सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका–१ भारदहस्थित अस्पताललाई ५० श्ययाको जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

मन्त्री साहले सप्तरीका एउटा जिल्ला अस्पताल नभएकाले प्रदेश सरकारले भारदह अस्पताललाई जिल्ला अस्पतालका रूपमा विकास गर्न लागेको उल्लेख गर्दै यसबाट सप्तरीका ग्रामीण भेगका जनताले समेत सहजरुपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

निरीक्षणमा हनुमाननगर कङ्कालनी नगरपालिका प्रमुख शैलेशकुमार साह, प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका निर्देशक डा हरिश्चन्द्र साहको पनि सहभागिता थियो । रासस

सम्बन्धित समाचार

स्थानीय सरकारको गैरजिम्मेवारी : कोरोना सङ्कटका बेला विलासी गाडी किन्न टेन्डर

जनकपुरधाम, ४ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यून गर्ने सरकारले लकडाउन लागू गरेका बेला स्थानीय तह जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर निकालेका छन् । धनुषाको हंसपुर नगरपालिकाले करिब १ करोड...

आजको मौसम : अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षा हुने

आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आज देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ...

२ लाखलाई रोजगारी दिन ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन

काठमाडौं, १५ जेठ-सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा बढाउँदै थप २ लाख नागरिकलाई रोजगारी दिने लक्ष्यसहित ११ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आफ्नो गाउँ आफैँ बनाऔँको भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणमा...

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ...

विराटनगर महानगरको पहलमा म्याक्स हस्पिटलमा ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ४ कात्तिक–विराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चौकमा आजदेखि ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । विराटनगर माहानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रवन्धक निर्देशक हेमनारायण मेहता वीच आज एक...

फर्जि काममा ‘अब्बल’ उमेश विश्वकर्मा, कोषाध्यक्षको हस्ताक्षरबिना लेखा परिक्षण प्रतिवेदन

विराटनगर, असार १८| फर्जि साधारणसभा, संस्थापक र साधारणसदस्यहरुको हस्ताक्षर किर्ते, आर्थिक अनियमितता, करछलीलगायतको पर्दाफास भएका विराटनगर स्थित मानव अधिकारका लागि श्रोत विकास मञ्च(रिडेफ) नेपालका अध्यक्ष उमेश विश्वकर्माका विषयमा फेरी अर्को खुलासा भएको छ । दलित...

प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा डिस्चार्ज हुने बढी

काठमाडौं, २४ साउन-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितभन्दा उपचार पछि निको भएर डिस्चार्ज हुने धेरै‌ देखिएका छन् । शनिबार देशभर ३ सय ७८ जना कोरोना भाइरस संक्रमित थपिँदा ४ सय ९९ जना संक्रमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्