
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।
कुल संक्रमित मध्ये १ लाख ५२ हजार ९ सय ८ जना निको भएका छन् । ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन् । हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।