नागरिकता र मतदाताको आधारमा मात्र नभई भोकै रहेका सवैलाई राहत वितरण गरिनुपर्छ : सांसद मण्डल

 न्यूज विराट
नागरिकता र मतदाताको आधारमा मात्र नभई भोकै रहेका सवैलाई राहत वितरण गरिनुपर्छ : सांसद मण्डल

विराटनगर, बैशाख २–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले नागरिकता र मतदाता नामावलीका आधारमा मात्र राहत वितरण गर्न नहुने बताएका छन् ।

उनले नागरिकता र मतदाताका आधरमा भन्दा पनि आर्थिक अवस्थाकै कारण भोकभोकै बस्दै आएका सवैलाई राहत वितरण गरिनुपर्ने बताएका हुन् ।

‘नेपाल भित्र रहेर पैसाकै अभावमा खान नपाएका र जुनसुकै गाउँ तथा नगरपालिकामा बस्दै आएका सवैले राहत पाउनुपर्छ । मानवीयताका हिसाबले पनि राहत दिन आवश्यक छ । विभिन्न कारणले नागरिकता नपाएको र डेरागरी बस्ने मान्छे, खानै नपाएका व्यक्तिहरुहरु, विपन्न, असाहय र अशक्तहरुलाई दिनुपर्छ । स्थानीय तहहरुले अहिले यसो गरिरहेका छैनन् ।’ उनले भने,‘आवश्यकता नरहेकाले पनि राहत लिइरहेका छन् । बास्तवमा जो सुकै होस जसलाई आवश्यक छ, त्यसलाई दिनुपर्छ ।’

उनले कारोना संक्रमण बढ्दै गएकाले लक डाउन पूर्णरुपले पालना गराउन अति आवश्य विपन्न सवैलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताए ।

सांसद मण्डलले यतिबेला खेतीको सिजन भएकाले किसानलाई चाहिने मलखादलगायत अत्यवाश्यक सामाग्रीहरु व्यवस्थीत र सहज हिसाबले उपलब्ध गराउनुपर्ने बताए ।

‘यतिबेला कृषि उत्पादन बढाउने बेला हो । किसानलाई चाहिने अत्यवाश्यक सामाग्री व्यवस्थीत हिसाबले स्थानियतहसम्म पुर्याउने गरि मेकानिजम बनाएर कार्यान्वयन गर्नुपर्छ ।’ उनले भने,‘कृषि क्षेत्रलाई यतिबेला आवश्यक सवैकुराहरु अभाव भइरहेकाले सहज हिसाबले उपलब्ध गराउने बातावरण तयार गर्नुपर्छ ।’

एक अर्को प्रसंगमा सांसद मण्डलले उत्पादन ठप्प रहेकाले उद्योगी, व्यपारी, किसानलगायतले लिएको ऋणको सवै प्रकारका व्याज अहिलेको अवस्थामा तिर्न नसक्ने भएकाकारण सरकारी तथा निजि सवै बैंक एवम वित्तिय संस्थाले मिनाह गर्नुपर्ने बताए ।

‘अहिले सवै प्रकारका कर्जाको व्याज तिर्न सक्ने कन्डिसन छैन । यो अवस्थामा जुन स्तरको जहाँ ऋण लिएपनि ब्याज मिनाह गरिनुपर्छ ।’ उनले भने ।

सम्बन्धित समाचार

प्रचण्डलाई ओलीको जवाफ : सीमाहीन प्रतिवेदन खारेजयोग्य छ

काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...

कोशी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोसी अस्पताललाई २ र कोभिड-१९ अस्पतालाई १ गरि ३ वटा...

दोस्रो खेलमा दिल्लीलाई हराउँदै कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । आज भएको दोस्रो खेलमा कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । कटिहारले १९.१...

झापाका चोकबजार सुनसान

विराटनगर, चैत ११–लकडाउन शुरु भएसँगै झापाका बजार चोकहरु समेत सुनसान बनेका छन् । लकडाउन सुरू भएसंगै बिहानै देखि अस्तब्यस्त हुने झापाका बजारहरु, राजमार्ग, चोक तथा सार्वजनिक स्थलहरू सुनसान भएका छन् । झापाका मुख्य शहरहरु बिर्तामोड,...

सुन्दरहरैचामा गाँजा सहित सिटी सफारी चालक पक्राउ

विराटनगर, २५ साउन । जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका ७ स्थितबाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनकुट्टा शहिद भूमी गाऊपालिका ५ घर भई हाल सुन्दरहरैचा नगरपालिका ५ मा डेरा...

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, २४ वर्षीय चालकको मृत्यु

विराटनगर । मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय चालकको निधन भएको छ।मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार बूढीगंगा गाउँपालिका ३ स्थित महालक्ष्मी वायरअगाडि राति करिब १० ः ४५ बजे मनमाया श्रेष्ठ...

मदरल्याण्ड एकाडेमी साँस्कृतिक कार्यक्रम

विराटनगर । विराटनगरस्थित मदरल्याण्ड एकाडेमीमा विभिन्न कार्यक्रम आयोजना गरी सरस्वती पूजा मनाएको छ । स्कुल परिसरमा बुधबार सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण र भोजन कीर्तन प्रतियोगिता आयोजना गरेको हो । दुई चरणमा गरी आयोजना गरिएको कार्यक्रममा...

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्