काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना भएको पुष्टिभएसँगै सतर्कता बढाइएको छ । बेलायतबाट आएका एकै परिवाका ३ जनामा कोरोनाको आशंका गरिएकामा २ जनामा पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सनसिटी अपार्टमेन्टमा बस्ने सबै जनाको परीक्षण सुरु गरिएको छ । यो अपार्टमेेेन्टमा १ हजार ५ सय जना बस्ने गरेको बताइएको छ । त्यस्तै, संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु भएको बताइएको छ ।
कन्ट्याक्ट ट्रेसिङअन्तर्गत ती व्यक्तिले सम्पर्क गरेका व्यक्तिहरूलाई कोरोना लक्षण नदेखिए पनि नमुना लिएर परीक्षण गर्ने गरिन्छ । हालसम्म नेपालमा १६ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये १ जना ठीक भइरसकेका छन् ।