प्रदेश–१ मा ६ सय ७० जनाको परीक्षण रिपोर्ट नेगेटिभ

 न्यूज विराट
प्रदेश–१ मा ६ सय ७० जनाको परीक्षण रिपोर्ट नेगेटिभ

मोरङ, २ वैशाख-प्रदेश–१ मा कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।‘थ्रोट स्वाब’ नमुना संकलन गरिएका २३३ जनाको नमुनामध्ये पीसीआर मेसिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने ३५७ जनाको र्‍यपिड डायग्नोष्टिक टेष्ट (आरडीटी) रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

प्रदेश–१ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कका अनुसार ‘थ्रोट स्वाब’अन्तर्गत ३८ महिलासहित २३३ जना नमुना संकलन गरिएकामा २० जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रदेशमा रहेको ४ हजार ४११ बेडको क्वारेन्टाइनमा ४९ महिलासहित ५७२ जना राखिएको छ भने ४४६ वटा आइसोलेशन बेडमा चार महिलासहित १० जना भर्ना गरिएको छ ।

प्रदेशमा सङ्क्रमितको उपचारका लागि तयारी अवस्थामा ४४ वटा आइसीयू वेडको व्यवस्था गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।क्वारेन्टाइनमा रहेका मध्ये आजसम्म ५ महिलासहित ५४ जना घर फर्केका छन् भने होम क्वारेन्टाइनमा ६१२ महिलासहित ३ हजार ५ सय ५७ जना छन् । प्रदेश सोमबारसम्म ६५४ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिएको छ । रासस

सम्बन्धित समाचार

२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

एजेन्सी, २८ मंसिर ।इन्डोनेसियामा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ । यसअघि मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिमी तटमा ६.६...

उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिनुपर्ने सन्देश दियो : कोइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामलाई स्वीकारेर कांग्रेस सच्चिन जरुरी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसित कुरा गर्दै नेता कोइरालाले उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई...

त्रिभुवन विमानस्थलबाट आज ११ अन्तर्राष्ट्रिय उडान

काठमाडौं, २० असार-विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको...

संविधान संशोधन विधेयकमाथि मतदान सुरु

काठमाडौं, ३१ जेठ-संविधान संशोधन प्रस्तावमाथि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक निर्णार्थ प्रस्तुत गरेसँगै मतदान प्रक्रिया सुरु भएको हो । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मत विभाजनका...

उत्कृष्ट हुने विद्यार्थीलाई ग्रेडेड स्कुलको पुरस्कार

विराटनगर । विराटनगर – ८ हाट्खोलामा रहेको ग्रेडेड स्कुलले २०७९ सालमा आयोजना भएको विभिन्न क्रियाकलामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट हुने विद्यर्थीहरुलाई पुरस्कार वितरण गरेको...

एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा...

सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

विराटनगर, फागुन ३०–मोरङमा पछिल्लो ८ महिनामा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा मोरङमा ५३ जनाको मृत्यु भएको छ भने ४ सय ५२ जना घाइते भएको जिल्ला ट्राफिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्