आगलागी प्रभावितलाई राहत प्रदान

 न्यूज विराट
आगलागी प्रभावितलाई राहत प्रदान

लुम्बिनीमा गत बिहीबार भएको आगलागी प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ । राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईको पहलमा खाद्यान्नलगायत राहत सामग्री शनिबार वितरण गरिएको हो ।

विद्युत चुहिएर लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ का सुरज नाऊ, जोगिन्दर नाऊ, दुर्योधन नाऊ र रघुवीर नाऊका घर जलेर पूर्णरुपमा नष्ट भएका थिए ।

लकडाउनका समयमा भएको आगलागीबाट घरका खाद्यान्न, लत्ताकपडा सबै जलेपछि उनीहरुले सहयोगको आग्रह गरेका थिए ।प्रमुख सचेतक भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय र अधिकारकर्मी लक्ष्मी मिश्रले आगलागीबाट प्रभावित परिवारलाई चामल, दाल, नुन, तेल, आलुलगायत खाद्य सामग्री सहयोग गरेका हुन् । रासस

सम्बन्धित समाचार

वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान

विराटनगर । वल्र्ड रोटरी डेको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वल्र्ड रोटरी डेको अवसरमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित विराटनगरका पाँच वटा रोटरी क्लबहरूको संयुक्त आयोजनामा क्तदान कार्यक्रम आयोजना गरिएको हो ।...

सशस्त्रका डिआइजी पोखरेलका ‘घुमुवा’ प्रहरीको दादागिरी, महिलामाथि विराटनगरमा निर्घात कुटपिट

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश वराहबाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलले परिचालन गरेको ‘घुमुवा’ प्रहरीले आतंक सिर्जना गरेको पाइएको छ । तस्करी रोकथाम र नियन्त्रणको नाममा सर्वसाधरणलाई कुटपिट गर्दै आतंक सिर्जना गरेका...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा दोस्रो चरणको बृक्षारोपण

विराटनगर, १ भदौ । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि दोस्रो चरणमा पनि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथ क्लबले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र फ्युजनको आयोजनामा सेमिनार

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रोटरी क्लब अफ विराटनगर फ्युजनको संयुक्त आयोजनामा सेमिनार सम्पन्न भएको छ । बिहीबा विराटनगरस्थित यक्ष होटलमा अफिसर्स ट्रेनिङ सेमिनार (COTS)सम्पन्न भएको हो । एजी रोटरीयन बिजु थपलियाले...

पसल खोल्न र जोरबिजोरमा सवारीसाधन सञ्चालन गर्न दिने सरकारको निर्णय

काठमाडौं, २८ जेठ-सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाइने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सम्पन्न मन्त्रिपरिषद्को बैठकले सबै प्रकारका पसल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो ।  साथै, बैठकले...

ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता

विराटनगर । विराटनगरस्थित ग्रेडेड स्कुलमा हिज्जे प्रतियोगिता आयोजना गरिएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले हिज्जे प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको प्रथम विराट मण्डल, समिक्षा राजवंशी र योगशे राजवंशीको समूह प्रथम भएको...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं, १८ कात्तिक-नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । कोरोना संक्रमणबाट नेपालमा थप २० जनाको मृत्यु भएसँग मृतकको संख्या १००४ पुगेको हो । नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण पुष्टि...

४५ हजार परिवारलाई घरघरमै राहत सामग्री

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले नेपाललाई लकडाउन गरेसँगै झापाका जनप्रतिनिधि अहिले विपन्न परिवार खोज्दै राहत बाड्न व्यस्त छन् । ८ नगरपालिकासहित १५ स्थानीय तह रहेको झापामा झण्डै ४५ हजार परिवारलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्