कोरोना नियन्त्रणमा प्रदेश २ गैरजिम्मेवार भएको प्रभु शाहको आरोप

 न्यूज विराट
कोरोना नियन्त्रणमा प्रदेश २ गैरजिम्मेवार भएको प्रभु शाहको आरोप

काठमाडौं, २९ चैत-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश-२ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको विषयमा प्रदेश २ सरकार गैरजिम्मेवार भएको आरोप लगाएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबूकमार्फत आफ्नो धारणा राख्दै अध्यक्ष साहले प्रदेश सरकारभन्दा पनि स्थानीय सरकार अग्र भागमा रहेको र प्रदेश सरकारले आफ्नो बजेट अन्य तहलाई दिएर पन्छिन खोजेको बताएका हुन् ।

‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथाममा प्रदेश २ सरकार पूरै उदासीन देखिएको छ । यस महासंकटको घडीमा आफ्नो मातहतको संरचनामार्फत अग्रभागमा रहेर तयारीको काम युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा प्रदेश २ सरकार अनुदानदाताको भूमिकामा मात्र सीमित छ । गाउँपालिका र नगरपालिका तथा संघ मातहतका जिप्रका, प्रहरी, जेललगायतका निकायलाई आफ्नो बजेट बाँड्ने तर आफू भने केही पनि देखिने काम नगर्ने प्रदेश सरकारको रवैया महाराजाशैलीको देखिन्छ’ अध्यक्ष साहले लेखेका छन् ।

उनी अगाडि लेख्छन्, ‘प्रदेश सरकारले आफू जिम्मालिएका ५ वटा सुविधासम्पन्न अस्पताल समेतमातयारीको कार्य शून्यबराबर भएको हेर्दा प्रदेश २ सरकार कति गैरजिम्मेवार छ भन्ने कुरा प्रष्ट हुन्छ । भारतसँग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सीमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील छ तर विडम्बना संघीय सरकारले उपलब्ध गराएको पीसीआर परीक्षण प्रविधिका अलावा हालसम्म प्रदेश सरकारले कोरोनाको संक्रमण परीक्षणका लागि आफ्नो तर्फबाट परीक्षणशालाहरू आरटी पीसीआर निर्माण गर्न त परै जाओस् , सामान्यतया यस क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाइ कर्मचारीहरूलाई अहिलेसम्म गुणस्तरीय सुरक्षा सामग्री उपलब्ध भएको छैन ।’

सम्बन्धित समाचार

नेवाः खलः कास्कीलाई २ लाख सहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान

विराटनगर । नेपाल भाषा तथा संस्कृति संघ (झी पुचः ) ले नेवाः खलः कास्कीलाई २ लाख रुपैयाँसहित सुर्दशन– कपिला सिरपा ११४४ सम्मान प्रदान गरेको छ । नेपाल भाषा संस्कृति संरक्षण र जगेर्नामा लामो समयदेखि विशेष...

पेट्रोलियम पदार्थको मूल्य अझै बढाउने आयल निगमको संकेत

काठमाडौँ, ३० कात्तिक । नेपाल आयल निगमले अहिलेकै मूल्यमा अब इन्धन खरिद गर्नका लागि भारतीय आयल कर्पोरेसन (आइओसी)लाई भुक्तानी गर्न नसक्ने जनाएको छ । अहिले पाक्षिक नोक्सानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको भन्दै निगमले...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं, फागुन १४–यही २८–२९ फागुनमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा व्यवसायी चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उक्त कार्यक्रममा पूर्वअध्यक्षहरू चण्डी...

भारतको पत्र : लिम्पियाधुरा–गुन्जी–कालापानीमा नेपालीलाई पस्न नदेऊ

काठमाडौं, १२ साउन-भारतले नेपालले हालै आफ्नो नक्सामा समेटेको भूभाग लिम्पियाधुरा, गुन्जी र कालापानी क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिन पत्र पठाएको छ । भारतको धार्चुला उपजिल्लाधिकारीले नेपालको जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेख्दै नेपालीलाई सो क्षेत्रमा...

कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि...

विराटनगर प्रमुख पराजुली भन्छन, म समाज सेवामा भगवान भेटछु

गोपाल पोखरेल विहिबार दिउसो ५ बज्न नपाउदै विराटनगर महानगरका प्रमुख भिम पराजुली हस्याङ फस्याङ गर्दै नोवेल अस्पताल तिर हानिए । अस्पताल पुग्दा गरिव तथा विपन्नलाई वितरण गर्ने खनाको प्याकेट तयार भई सकेको थियो । केही...

विराट नर्सिङ होममा सिण्डीकेट, भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलित

विराटनगर । विराट नर्सिङ होम (विराटनगर अस्पताल) का सुरक्षागार्डले बाहिरका फार्मेशीका कर्मचारीलाई भित्र प्रवेशमा रोक लगाएपछि बाहिरका फार्मेशी आन्दोलनमा उत्रिएका छन् । बिहीबार दिउँसो एवान फार्मेशीका कर्मचारी प्रितम तामाङ्गलाई विराट नर्सिङ होमका सुरक्षा गार्डले हस्पिटल...

चीनका राष्ट्रपति सीद्वारा सेनालाई युद्धको तयारी गर्न निर्देशन

एजेन्सी, जेठ १४-चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ जनमुक्ति सेनालाई युद्धको तयारी गर्न निर्देशन दिएका छन् । जनमुक्ति सेना र जनमुक्ति सशस्त्र बलका प्रतिनिधिसँगको छलफलका क्रममा उनले सो निर्देशन दिएका हुन् । करिब २० लाख सैनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्