जहदा–४ मा वडाअध्यक्ष गिरिले सुरु गरे राहत वितरण

 न्यूज विराट
जहदा–४ मा वडाअध्यक्ष गिरिले सुरु गरे राहत वितरण

विराटनगर, चैत २५–मोरङको जहदा गाउँपालिका–४ का लकडाउन प्रभावितलाई राहत वितरण कार्य सुरु भएको छ । गाउँपालिका र वडा कार्यालयको आर्थिक सहयोगमा राहतस्वप खाद्यन्न वितरण कार्य सुरु भएको हो ।

वडा कार्यालय ४ मा आज आयोजित कार्यक्रमकाबीच सो वडाका वडाध्यक्ष जयनरथ गिरीले राहत वितरण सुरु गरे । कार्यक्रमअन्तर्गत वडाका ५ सय २ परिवारलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ केजी नुन र दुई प्याकेट दूधसहित साबुनसहितका सामग्री वितरण गरिएको वडाध्यक्ष गिरीले जानकारी दिए ।

जहदा हटिया, जहदा फिल्ड, वडा कार्यालय छेउ र सार्वजनिक मावि पुर्वका बासिन्दालाई राहत वितरण गरिएको छ । जहदा ४ मा १६ सय बढी घरधुरी रहेकोमा आगामी दुईदिनभित्र ५ सय २ समेतगरि ११ सय ५० परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरिने वडाध्यक्ष गिरीले बताए ।

वडा कार्यालयले राहत वितरण कार्य संचालन गरिरहँदा सामाजिक दुरीलाई कायम गरेको थियो भने राहत लिन आउनेलाई स्यानिटाइजरबाट हात सफा गराएर मात्र रातह वितरण सुरु गरेको थियो ।

सम्बन्धित समाचार

शेयर बजार सर्वसाधारण अनुकुल बन्छः जनार्दन शर्मा

काठमाडौं, १ साउन । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारलाई सर्वसाधारण अनुकुल बनाइने बताएका छन्। शर्माले शुक्रबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । उनले शेयर बजारमा के कस्ता समस्या छन् तीनलाई सामाधान गर्दै सर्वसाधारण...

लोकसेवाले लिने सबै परीक्षा स्थगित

स्वास्थ्य सुरक्षा संवेदनशीलता देखाउँदै लोकसेवा आयोगले पनि अनिश्चितकालको लागि सबै परीक्षा स्थगन गरेको छ ।बिहीबार बसेको लोकसेवा आयोगको बैठकले यस्तो निर्णय लिएको आयोगका उपसचिव एकनारायण शर्माले जानकारी गराए । आयोगले अर्को सूचना जारी नभएसम्मका लागि...

आगो ताप्ने क्रममा जलेर विराटनगरमा एक जना वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...

पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता, प्रथम भइन् बिन्जु

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ । सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।...

मिथिला मध्यमा परिक्रमाको प्रचण्डले गरे उद्घाटन

जनकपुर, फागुन ११–मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् । नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा...

मन्त्री घिमिरेलाई कोरोना संक्रमण पुष्टि

विराटनगर, १५ भदौ–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा उनलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर...

यमनमा पृथकतावादी समूहद्वारा स्वशासन घोषणासँगै संकट गहिरिने खतरा

एजेन्सी, बैशाख १४-सरकारसँग शान्ति सम्झौता भंग भएलगत्तै यमनको पृथकतावादी १ समूहले देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ ।देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई यो घोषणाले अझ जटिल बनाएको...

राष्ट्रिय पुरुष हक्की प्रतियोगिता : सुदूरपश्चिम र पुलिस विजयी

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन् ।विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोसी प्रदेशलाई ३–१...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्