सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

 न्यूज विराट
सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन ।

लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति नपाएपछि भारतीय भूमिमै नेपालीहरु बस्न बाध्य भएका छन् ।

भारतका विभिन्न क्षेत्रबाट स्वदेश फर्कनका लागि आउने नेपालीलाई भारतको उत्तराखण्ड प्रदेशको वनवसा, टनकपुरलगायत क्षेत्रमा क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार सीमावर्ती भारतीय बजार बनवसा र टनकपुरमा गरी २३८ जनालाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको छ ।

क्वारेन्टाइनमा बसेका नेपालीको खाने र बस्ने व्यवस्था भारतीय प्रशासनले मिलाएको बताइएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीका अनुसार ९ वटै स्थानीय तहमा भारतलगायतका अन्य मुलुकबाट गरी ५ हजार ४ सय २२ भित्रिएका छन् ।

भारत, कतार, मलेशिया, युएई र साउदी अरेबियालगायत देशबाट नेपाली भित्रिएका हुन् । भारतबाट भित्रिनेको सङ्ख्या बढी रहेको छ । विदेशबाट भित्रिएकाहरु घरमै क्वारेन्टाइनमा बसेका छन् । जिल्लाका नौ वटै स्थानीय तहमा क्वारेन्टाइन श्यया ४०६ रहेको छ । क्वारेन्टाइनमा बसेका व्यक्तिको सङ्ख्या भने २ सय १० रहेको छ ।

आइसोलेटेड श्ययाको सङ्ख्या १९ रहे पनि आइसोलेसनमा कोही पनि बसेका छैनन् । पिपीइ (स्वास्थ्य सुरक्षा उपकरण)को सङ्ख्या १ सय ७१ रहेको छ । हालसम्म ३ स्थानीय तहले सरकारको मापदण्डानुसार ४ सय २० परिवारलाई राहत वितरण गरेका छन् । रासस

सम्बन्धित समाचार

उपराष्ट्रपति पुनको कोरोना परीक्षण

काठमाडौं, ३० वैशाख-संघीय संसद्को छैठौँ अधिवेशनमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रममा सहभागी हुनका लागि उपराष्ट्रपति नन्दबहादुर पुनको स्वाबको नमुना संकलन गरिएको छ । संघीय संसद् सचिवालयको समन्वयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मंगलबार कोभिड–१९ परीक्षणका लागि...

औषधी व्यवसायी संघद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

विराटनगर, चैत २८-नेपाल औषधी व्यवसायी संघ मोरङले औषधीजन्य बस्तुको आपूर्तीको ढुवानीमा निर्वाध रूपमा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै प्रदेश १ सरकारलाई ज्ञापन पत्र बुझाएका छन् । लकडाउनमा औषधी तथा औषधीजन्य बस्तुहरु ढुवानी गर्दा प्रहरीले बाटोमा...

सरकारमा जान ठाकुर-महतो छलफलमा

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ । प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन् । मन्त्रालयको संख्या र नाम टुंगो लागे...

१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...

प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।...

कोरोनाबाट एकै दिन ८२० जनाको मृत्यु, १६ हजार संक्रमित

एजेन्सी, चैत ५–कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा मात्र ८ सय २० जनाको मृत्यु भएको छ । इटली, स्पेन, इरानमा मात्र ६ सय ७१ जनाको मृत्यु भएको छ । इटलीमा ३ सय ४५ जनाको मृत्यु...

सरकारले सञ्चारमाध्यमको नवीरण शुल्कमा छुट दिने

काठमाडौं, १ साउन-सरकारले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चारमाध्यमको नवीरण शूल्कमा छुट दिने निर्णय पनि भएको बताए । मन्त्रिपरिषद्का निर्णय...

हरिणको सिङसहित एक जना महिला पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले लागुऔषध गाँजा र हरिणको सिङसहित एक जना महिलालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका ७ निचामारी टोल बस्ने वर्ष ५५ कि सागर देवीलाई प्रहरीले मंगलर पक्राउ गरेको हो। गैरकानूनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्