जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

 न्यूज विराट
जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध भएसँगै यहाँका बिरामीलाई सहज हुने भएको छ ।

पीसीआर मेसिन जडान गर्न आएका धुलिखेल अस्पतालका सुरेन्द्र मधुपले यो मेसिनमा एक पटकमा एकमात्र नमूना लोड हुने र रिपोर्ट आउन एक घण्टा समय लाग्ने बताए । मधुपले आफूहरु प्राविधिक टोलीसहित मेसिन लिएर जनकपुर आएको र यहाँका प्राविधिकलाई समेत परिक्षणको विधि सिकाएर काठमाडौं फर्कने बताए ।

मधुपसँगै सम्बन्धित क्षेत्रका जानकार विवेक तिमिल्सनासमेत जनकपुरधाम आएका छन् । कोरोना परीक्षण मेसिनको आज सुभारम्भ गर्दै प्रदेश–२ का सामाजिक विकासमन्त्री नवल किशोर साहले अब यहाँका जनतालाई केही राहत पुगेको बताए । उनले छिट्टै सप्तरीको राजविराज तथा पर्साको वीरगन्जमा पनि कोरोना भाइरसको परिक्षण सुरु गर्ने घोषणा गरे ।

सम्बन्धित समाचार

नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

सुर्खेत, २६ वैशाख-आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले साताव्यापी सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । सरकारले नीति तथा कार्यक्रममा लागि सबै समुदायको सहभागिता होस् भनेर सुझाव संकलनकाे थालनी...

संघीयता मबजुत बनाउन जनताको साथ अपरिहार्य छ : मन्त्री मोदी

मोरङ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य रहेको बताएका छन् । मोरङको कटहरी-७ र धनपाल-५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्...

कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि आव्हान, दलहरूलाई प्रदेश प्रमुखले दिए असोज २६ गतेसम्मको म्याद

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुख पर्शुराम खापुङले ६ दिनको समय दिएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले शनिबार नयाँ सरकार गठनका लागि ६ दिनको समय...

निर्वाचन सार्ने निर्णय भए शेखर समुहलाई मान्य नहुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ । कोइराला समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको...

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

३७ हजार स्वाब परीक्षणपछि आफैँ सङ्क्रमित

चितवन, २० पुुस-सैँतीस हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहनुभएकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित हुनुभएको छ । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आउनुभएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट...

केमसन मोरङको अध्यक्षमा दिनेशकुमार राउत

विराटनगर । रसायन तथा मेडिकल आपूर्ती संघ नेपाल (केमसन) को अधयक्षमा दिनेशकुमार राउत चयन भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको प्रथम मोरङ जिल्ला अधिवेशनले राउतको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको हो । विराटनगरमा...

बुद्धोदय सामाजिक सेवा मंन्चद्धारा विराटनगरमा वृक्षारोपण

विराटनगर । विराटनगर – ३ मा रहेको बुद्धोदय सामाजिक सेवा मंन्चले विराटनगरमा वृक्षारोपण गरेको छ । मंन्चले शनिबार विराटनगर – ३ सेल्फी रोडमा वृक्षारोपण गरेको हो । मंन्चका पदाधिकारी, सदस्य तथा सर्वसाधरणरूले विभिन्न प्रजातिका विरुवाहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्