‘सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप’

 न्यूज विराट
‘सत्ताको आडमा प्रकाशित समाचार हटाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप’

प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले बिहीबार एक विज्ञप्ति जारी गर्दै न्युज पोर्टल काठमाण्डुप्रेसडटकमको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी प्रकाशित समाचार हटाउन दबाब दिने र आनाधिकृत तरिकाले पोर्टलमा छिरेर समाचार हटाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहाकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको थियो ।

‘प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ ।’

महासंघ राज्यको जिम्मेवार निकायबाट भएको प्रेस स्वतन्त्रताविरोधी कार्यको कडा शब्दमा भर्त्सना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । साथै, भविष्यमा यस किसिमका प्रेस स्वतन्त्रताविरोधी कार्य दोहोरिन नदिन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न तथा स्वतन्त्र, सुरक्षित र निर्वाधरूपमा काम गर्ने वातावण निर्माण गर्न महासंघ सरकारसँग माग गरेको छ ।

साइट डेभलपमेन्ट र डिजाइनको काम गर्दै आएको शिरान टेक्नोलोजिज प्रालिले समाचार पोर्टलभित्र प्रवेश गरी समाचार हटाएको काठमाण्डुप्रेसडटकमको भनाइ छ ।

काठमाण्डुप्रेसडटकमको साइट डेभलपमेन्ट र डिजाइनको काम गर्ने भनिएको शिरान टेक्नोलोजीज प्रालिको प्यारेन्ट कम्पनी एफवान सफ्ट रहेको र सो कम्पनीका सेयरधनी अस्गर अली प्रधानमन्त्री ओलीका आइटी सल्लाहकार छन् । काठमाण्डुप्रेसडटकमले प्रकाशित गरेको समाचारमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अलीको नामसमेत मुछिएको छ ।

त्यसैगरी, काठमाण्डुप्रेसडटकमको प्रकाशित गरेको हटाइएको प्रति अनलाइन पत्रकार संघले पनि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनधिकृत रूपमा समाचार हटाउने कार्यमा देशको कार्यकारी प्रमुखको सल्लाहकारको समेत नाम जोडिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर भइदिन अनुरोध गरेको छ ।

‘नेपालको संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गर्न विशेष र नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका प्रधानमन्त्री स्वयंका सल्लाहकारको नाम यो घटनामा मुछिँदा पनि प्रधानमन्त्रीबाट केही प्रतिक्रिया नआउँदा सम्पूर्ण अनलाइन संचारकर्मी आश्चर्यमा परेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

वेब डेभलपरले समाचार पोर्टलभित्र गएर कसैको बारेमा प्रकाशित समाचार हटाउनु आफैँमा गलत कार्य भएको भन्दै पत्रकारितालाई नियन्त्रणमा राख्ने र संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता हनन् गरी नागरिक अधिकार कुण्ठित गर्ने प्रयासको रुपमा संघले बुझेको छ ।

‘प्रकाशित समाचारमा चित्त नबुझे लिनुपर्ने बाटोको बारेमा कानुनले स्पष्ट गरेकै छ । समाचारमा कहीँ त्रुटी वा कमजोरी भए, त्यसलाई सच्याउन वा कानुनी सजाय भोग्न सम्बन्धित संचारमाध्यम तयार हुनुपर्छ’ अगाडि भनिएको छ, ‘तर कानुनी उपचार खोज्नुको साटो साइटभित्र प्रवेश गरी समाचार नै हटाउने कार्य गलत भएको हाम्रो ठहर छ ।’

घटनामा छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आगामी दिन यस्ता कार्य नगर्न नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षणसमेत अनलाइन पत्रकार संघ गराएको छ । अबका दिनमा अनलाइन संचारमाध्यमहरूले पनि साइट डेभलपरसँग कानुनी रुपमा स्पष्ट सम्झौता गरी काम गर्न गराउन र सचेत हुन पनि सरोकारवाला सबैसँग आग्रह गरेको छ ।

सम्बन्धित समाचार

मेलम्ची खानेपानी राजधानी पुग्न अझै समय लाग्ने

चौतारा १८ पुस-रााष्ट्रिय गौरबको मेलम्ची खानेपानी चैतसम्म राजधानी पु¥याईने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले...

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवालाई निम्तो

काठमाडौं, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो १०औँ महाधिवेशनको निमन्त्रणा दिएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता डा. राजन भट्टराईले पार्टीको...

आज ३०० औं पृथ्वी जयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । सर्वसाधारणका...

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

सांसद अपहरण प्रकरणमा सरकारले जवाफ दिनुपर्छ : नेम्वाङ

काठमाडौं, २६ वैशाख-सत्तारूढ दल नेकपा संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संघीय समाजवादी पार्टीका सांसद अपहरण प्रकरणका सवालमा सरकारले यथार्थ जानकारी दिन माग गरेका छन् ।  शुक्रबारबाट सुरु भएको संसदको बजेट अधिविशेनमा सम्बोधन गर्दै उनले यस्तो...

मानगढ खानेपानीको पुनः निर्वाचन गराउन माग राख्दै उच्च अदालतमा रिट, शुक्रबारलाई तोकियो पेशी

विराटनगर । मानगढ खानेपानी आयोजनामा नयाँ नेतृत्व चयनको लागि भएको मतदान रद्ध गरि पुनः निर्वाचन समिति गठन गरेर मात्रै निर्वाचनको प्रक्रिया सुरु गर्न माग राख्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता भएको छ ।विराटनगरका तीन...

किड्स भिलेजमा ‘स्पोर्ट्स मिट’ , एक दर्जन खेल समावेश

विराटनगर । विराटनगर महानगरपालिका–५ कृषिभवन र मुनालपथमा अवस्थित किड्स भिलेज स्कुलमा चार दिने स्पोर्ट्स मिट सम्पन्न भएको छ । गत आइतबारदेखि सुरु भएको स्पोर्ट्स मिट बुधबार समापन भएको हो ।विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै...

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तीव्रता दिएको हाे । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म २०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्