एयर इन्डियाद्वारा २ सय पाइलटसँगको सम्झौता रद्द

 न्यूज विराट
एयर इन्डियाद्वारा २ सय पाइलटसँगको सम्झौता रद्द

कोरोना भाइरस संक्रमणपछि आर्थिक गतिविधि ठप्प भए पछि भारतको एयर इन्डियाले २ सय पाइलटसँगको सम्झौता रद्द गरेको छ ।विश्वभर कोरोना भाइरस संक्रमणका कारण आर्थिक गतिविधि ठप्प बनेको छ भने अझै मन्दी छाउने आँकलन भइरहेका बेला एयर इन्डियाका २ सय पाइलटले जागिर गुमाएका हुन् ।

यसरी हटाइएकामा सेवा निवृत्तपछि पनि सम्झौतामा काम गरिरहेका पाइलटहरू रहेको इकोनोमिक टाईम्सले उल्लेख गरेको छ । कोरोना भाइरसको महामारीका कारण एयर इन्डियाले १४ अप्रिलसम्मका सबै उडानहरू रद्द गरिसकेको छ ।

पछिल्लो केही सातादेखि अधिकांश विमान ‘ग्राउन्डेडको उडान बन्द भएपछि राजश्वमा समेत कमी आएको छ । एयर इन्डियाले अस्थायी रूपमा आफूसँग रहेका पाइलटहरूलाई हटाएको जनाएको छ ।

यस्तै, क्याबिन क्रूबाहेक सबै कर्मचारीको आगामी ३ महिनाको १० प्रतिशत भत्ता कटौतीसमेत गर्ने भएको छ । संयुक्त राष्ट्रसंघले विश्वमा २ करोड ५० लाख मानिसले कोरोना संकटका कारण रोजगारी गुमाउने अनुमान गरेको छ ।

सम्बन्धित समाचार

लक डाउन उल्लंघन गर्ने २ सय ३४ सवारी मोरङ प्रहरीको नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने २ सय ३४ वटा सवारीसाधनलाई मोरङमा नियन्त्रणमा लिइएको छ । उल्लंघन गर्ने २ जनासमेत नियन्त्रणमा परेका छन। मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार १ सय ८२ वटा मोटरसाइकल, १६...

चोरीको पेट्रोलिय पदार्थ महासचिब कार्कीको पम्पमा : संचालक रुद्रा कार्की सम्र्पकविहीन, ट्याङकर चालक प्रहरी नियन्त्रणमा

विराटनगर । चोरीको पेट्रोलिय पदार्थ पेट्रोलिय डिलर्स एसोसेसन कोशीको महासचिब रूद्र कार्कीले संचालन गरेको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित राउल एण्ड निसम पेट्रोल पम्पले खरिद गरेको पाइएको छ । ट्याङक चालकसँग मिलेर उक्त पेट्रोल पम्पले...

अनुशासन नभएका ब्यक्ति खेल क्षेत्रमा नबस्नुस् : केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका ब्यत्तिलिाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र ईमान्दारिता हुनु पर्ने बताएका हुन् ।  कुनै ओहदामा भएर...

विराटनगरको गोदाममा प्रहरीको छापा

विराटनगर, २५ मंसिर–विराटनगर–९ जलजलामोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा...

जनतालाई गठबन्धन सरकारको अर्को उपहारः फेरी बढ्यो पेट्रोलियम पदार्थको मुल्य

काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पछिल्ल‍ो १० दिनको अवधिमा आयल निगमले इन्धनको मूल्य दुई पटक बढाएको हो । यो अवधिमा मात्रै खाना पकाउने एलपी ग्यासको मूल्य १२५ रुपैयाँ...

देशभर कोरोना संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं, ४ असोज-गत २४ घण्टामा नेपालमा थप १० कोरोना संक्रमितको मृत्यु भएको छ । आज ६ महिला चार पुरुष गरी १० जना संक्रमितको निधन भएको हो ।  आज काठमाडौंका चार, ललितपुर, भक्तपुर, चितवन, रूपन्देही र...

प्रदेश १ मा जिल्ला अस्पताललाई आसोलेसनसहित १ सय शय्याको बनाइने  

विराटनगर, २३ जेठ-प्रदेश १ का जिल्ला अस्पताललाई आइसोलेन वार्डसहित १ सय शय्या क्षमतामा स्तरोन्नति गरिने भएको छ । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा ४ वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकको व्यवस्था मिलाइने भएको हो । आगामी...

नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित

विराटनगर । नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत (कृष्ण) निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न भएको महाधिवेशनबाट बस्नेत अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । महासंघको पदाधिकारीहरू भने टुंगो लागेको छैन । अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्