कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

 न्यूज विराट
कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो ।

पछिल्लो विवरण अनुसार विश्वका २०३ देशमा कोरोनाबाट ९ लाख ३५ हजार व्यक्ति संक्रमित भएका छन् । जसमा ४७ हजारको ज्यान गइसकेको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका, इटाली, स्पेन, चीन, जर्मनी, फ्रान्स, इरान प्रभावित भएका छन् । अमेरिकामा संक्रमितको संख्या २ लाख १५ हजार नाघ्दा ५ हजार बढीले ज्यान गुमाएका छन् ।

यस्तै, इटालीमा १ लाख १० हजार संक्रमित मध्ये १३ हजार बढीको ज्यान गइसकेको छ । स्पेनमा १ लाख ४ हजार संक्रमित छन् । त्यहाँ कोरोनाबाट ९ हजार ३ सयको मृत्यु भइसकेको छ ।

त्यस्तै, कोरोनाको उत्पती भएको चीनमा साढे ८१ हजार संक्रमितमध्ये ३३ सयको ज्यान गएको छ । त्यहाँ दिनहुँ संक्रमणदर घट्दो क्रममा छ । जर्मनीमा करिब ७८ हजार व्यक्ति संक्रमित भएका छन् । जसमा ९३१ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा कोरोनाबाट करिब ५७ हजार प्रभावित हुँदा ४ हजार बढी व्यक्तिको मृत्यु भइसकेको छ । इरानमा साढे ४७ हजार मानिस संक्रमित मध्ये ३ हजारको ज्यान गइसकेको छ । बेलायतमा २९ हजार बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । त्यहाँ मृतकको संख्या २३ सय नाघेको छ ।

सम्बन्धित समाचार

विराटनगर महागरपालिकाकी पूर्वउपमेयर इन्दीरा कार्कीविरुद्ध अख्तियामा भ्रष्टाचार मुद्धा

विराटनगर, २६ असार । विराटनगर महानगरपालिकाकी पूर्वउपमेर इन्दीरा कार्कीविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका निवर्तमान उपमेयर इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । विराटनगर–१५ स्थित...

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

स्वास्थ्य मन्त्रालयसँग ५० हजार किट मौजाद, परीक्षणको दायरा बढाइँदै

काठमाडौं, २६ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार किट प्राप्त भएको जनाएको छ । किट अभाव भएर परीक्षण रोकिएको समाचार आइरहेका बेला मन्त्रालयले आफूसँग ५० हजारको हाराहारीमा किट उपलब्ध भएको बताएको छ । मन्त्रालयको नियमित...

कोशी प्रदेश टी– १० क्रिकेट : विराटनगर स्पोर्टिङको लागातार तीन जित

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगर स्पोर्टिङ क्बलले लगातार तीन जित निकाल्दै ६ अंक जोडेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बिहीबार भएको एलिट क्रिकेट क्लबसँग ६३...

वैदेशिक रोजगारमा गएका मोरङका १५ जनाको विदेशमा मृत्यु

विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा मोरङबाट १३ हजार भन्दा बढी वैदेशिक रोजगारमा गएका मध्ये १५ जनाको मृत्यु भएको पाइएको छ । मृत्यु भएको मध्ये ११ जना पुरुष र ४ जना महिला रहेका छन्...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

विद्युत् आपूर्तिको दीर्घकालीन समाधान खोज्न अदालतको आदेश

उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौंको लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्