मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन

 न्यूज विराट
मजदुरलाई ३० केजी चामल २ प्याकेट नुन

असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाह्यलाई उपलब्ध गराउने राहत सम्वन्धी मापदण्ड तय भएको छ ।कोरोना भाइरसको फैलावट रोक्नको लागि सरकारले लगाएको लकडाउने पारेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आर्थिक र राहत प्याकेज  १६ चैतमा घोषणा गरेको थियो । जसमा न्यून आय भएका र असंगठित क्षेत्रका मजदुरलाई राहत उपलब्ध गराउने निर्णय सरकारले गरेको थियो ।

लकडाउन अवधिभर पुग्ने गरी दिइने भनेको राहत कति? कसरी वितरण गर्ने कस-कसलाई वितरण गर्ने लगायत विषयलाई व्यवस्थित गर्नको लागि कार्यविधी तयार गरिएको अर्थमन्त्रालयका सह-सचिव उत्तरकुमार खत्रीले जानकारी गराए ।

स्थानीय तहबाट दिइने राहतमा न्युन आर्थिक अवस्था, असाह्‍य र असंगठित क्षेत्रका श्रमिकलाई राहत दिइनेछ ।

कस-कसले पाउछ राहत ?

  • पसलबाट ग्राहकको घरसम्म सामान लैजाने श्रमिक
  • पर्यटक भरिया, ननिर्माण सामाग्री भरिया तथा सवारी साधन नचल्ने क्षेत्रमा आवश्‍य बस्तु ओसार पसार गर्ने व्यक्ति
  • ट्रक, ट्रिप भ्यानबाट सामान लोडअनलोड गर्ने
  • अन्य व्यक्तिको खेतिवारीमा ज्यालादारी काम गर्ने
  • दैनिक ज्यालादारीमा शिशु वा जेष्ठ नागरिकको हेरचाहा गर्ने श्रमिक
  • गिट्टी कुट्ने बालुवा चाल्ने तथा ईटा भट्टामा काम गर्ने श्रमिक
  • निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक
  • नाङलो पसले, फुटपाथमा व्यवसाय गर्ने व्यवसायी तथा साइकल व्यापार गर्ने
  • अन्य व्यक्तिको मालवाबाहक सवारी तथा डेलभरी भ्यान चलाउने सवारी चालक, सहचालक
  • दैनिक ठेक्का वा ज्यालामा ट्याक्सी वा टेम्पो चलाउने सवारी चालक
  • रिक्सा तथा ठेलागाडा चालक
  • ग्यारेजमा काम गर्ने मजदूर
  • गार्मेन्ट, कार्पेट, टेलरिङ, गलैचा, बुट्टा जर्ती भर्ने र कपडा पसलमा दैन ज्यालादारीमा काम गर्ने मजदुर
  • स्थानीय तहमा दैनिक ज्यालादारीमा कामगर्ने अन्य व्यक्ति
  • मन्दिर, आश्रम, धर्मशाला, गुम्वा, मस्जिद, गुरुद्वार, चर्च वा वृद्धाश्रममा बस्ने व्यक्ति

के-के पाइन्छ राहत

  • चामल ३० केजी
  • दाल ३ केजी
  • नुन २ प्याकेट
  • खाने तेल २ लिटर
  • साबुन ४ वटा
  • चिनी २ केजी

सम्बन्धित समाचार

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६२५ जना डिस्चार्ज, २३१ संक्रमित थपिए

विराटनगर, २९ कात्तिक–प्रदेश १ मा शनिबार एकैदिन कोरोना संक्रमण मुक्त भएर छ सय २५ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ६ सय २२ र न्युरो अस्पताल विराटनगरबाट तीन जना डिस्चार्ज भएका हुन । प्रदेश १...

नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि मदरल्याण्डलाई

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि विराटनगरस्थित मदरल्याण्ड एकाडेमीले जितेको छ ।प्याब्सन विराटनगरले आयोजना गरेको नगर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा ३१ विद्यालयहरुलाई पछि पार्दै मदरल्याण्ड एकाडेमीले उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय...

आज २ हजार ७१ संक्रमित थपिए, १५ सय ५२ जना डिस्चार्ज

काठमाडौं, २५ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ को पीसीआर गर्दा २ हजार ७१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएकामध्ये १ हजार...

एनबीएससीसँग नेपाल पुलिस स्तब्ध, फाइनलमा आर्मी र एनबीएससी भिड्दै

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै...

अफताब आलमको मुद्दामा आज सुनुवाई हुँदै

काठमाडौं, भदौ ११ । नेपाली कांग्रेसका नेता अफताब आलमको मुद्दामा आज सुनुवाई तोकिएको छ । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध सर्वोच्चमा गएका आलमको...

एमाले महाधिवेशन : मञ्च अत्याधुनिक प्रविधियुक्त, महाधिवेशन स्थल ड्रोनले निगरानी

काठमाडौं, ६ मंसिर ।  नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको लागि उद्घाटन र बन्द सत्र हुने स्थानमा आवश्यक पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । उद्घाटन स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान भइरहेको छ भने महाधिवेशन स्थल...

कोरोनाबाट थप १७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १७ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा थप १७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोना संक्रमणबाट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्