स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

 न्यूज विराट
स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो ।

विवेकशील नेपाली दलका नेता तथा बागती प्रदेशसभा सदस्य रमेश पौडेलले मन्त्री ढकालविरुद्ध बुधबार अख्तियारमा उजुरी हालेका हुन् । सांसद पौडेलले कोरोना रोकथामका लागि चीनबाट किनिएको स्वास्थ्य सामग्रीमा अनियमितता गरेको आरोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले बजार भाउभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट मेडिकल सामग्री किनेको आरोप लगाउँदै प्रदेशसभा सदस्य पौडेलले सरकारको अनियमितताका विषयमा आवश्यक छानविन गर्न अख्तियारमा उजुरी पेस गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएका कोरोना भाइरसको रोकथाममा प्रयोग गरिने सामग्री गुणस्तरहीन र अत्यधिक महँगो भएको भन्ने जनगुनासो बढिरहेकै बेला स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको छ । सरकारले भने अभावका बेला सामान किन्दा महँगो परेको भन्दै बचाउन गर्ने गरेको छ ।

यसैबीच, चर्को मूल्यमा चीनबाट ल्याइएका र्‍यापिड टेस्टिङ किट गुणस्तरहीन भएको भन्दै प्रयोग नगर्ने निर्णय स्वास्थ्य मन्त्रालयले नै गरिसकेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री मन्त्रीका स्वास्थ्य सल्लहाकार डा. खेम कार्कीले यस्ता र्‍यापिङ टेस्ट किट तत्काल प्रयोग नगर्न निर्देशन दिएका थिए ।

विश्‍व स्वास्थ्य संगठनले कोरोना रोकथामको सबैभन्दा गतिलो उपाय बढी भन्दा बढी परीक्षण भनेको छ । तर, गुणस्तरहीन भएपछि सरकारले महँगो मूल्यमा चीनबाट ल्याएका ५७ हजार थान र्‍यापिङ टेस्टिङ किट प्रयोग नै नगरी राखिएको छ ।

सम्बन्धित समाचार

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर...

मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै...

प्रदेश १ मा १० वर्षमा तीन हजार ८७७ आगलागीको घटना

विराटनगर, ५ माघ । विपद् घण्टी बजाएर नआउने भएकोले यसबाट बच्नु बचाउनु नै सबै भन्दा राम्रो उपाय रहेको धारणा सहभागीहरुले राखेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज विराटनगरमा आयोजित वन डढेलो...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

विराटनगर, ३० कात्तिक–प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा...

मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा होराइजनको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको...

आज ७१३५ जना कोरोनामुक्त

काठमाडौं, जेठ १०-देशभर आज ७ हजार १३५ संक्रमित निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख २० हजार ४६१ जनालाई संक्रमण...

सस्तोमा सामान पाइने भन्दै फेक विज्ञापन गर्ने गिरोह सक्रिय, प्रलोभनमा नपर्न प्रहरीको अनुरोध

काठमाडौं, २३ असार-महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत् मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ । महाशाखाले...

घरमै पुगेर कोरोना भाइरसको परीक्षण

धनगढी उपमहानगरपालिकाले घरमै पुगेर कोरोना भाइरसको जाँच सुरु गरेको छ ।शुक्रबार वडा नं १२ बाट सुरु गरिएको भाइरसको ¥यापिड टेस्ट शनिबार वडा नं ६ र ७ मा पनि सम्पन्न भएको छ । उपमहानगरपालिकाले भारतलगायत विभिन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्