कोरोना संक्रमणबाट एकै दिनमा ४३ सय बढीको मृत्यु

 न्यूज विराट
कोरोना संक्रमणबाट एकै दिनमा ४३ सय बढीको मृत्यु

एजेन्सी, चैत १९-विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण एकै दिनमा थप ४ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ भने ७२ हजार ७ सय ४९ नयाँ संक्रमित थपिएका छन् । यो कोरोना भाइरसबाट विश्वमा एकै दिनमा भएको सबैभन्दा बढी मृत्यु र संक्रमण हो । यसबाट कोरोना भाइरसका कारण मृत्यु हुने गति लगातार बढेको छ ।

कोरोना भाइरसको नयाँ केन्द्र अमेरिकामा एकै दिनमा ७ सय २६ जनाको मृत्यु भएको छ भने २४ हजार १२९ जना नयाँ संक्रमित थपिएका छन् ।यसले अमेरिकामा चिन्ता थप बढाएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६७ पुगेको छ भने एक लाख ८७ हजार ९ सय १७ जना संक्रमित भएका छन् । अमेरिकाले कोरोनाबाट मृत्यु हुनेमा पनि चीनलाई उछिनेको छ ।

यसअघि मंगलबार नै संक्रमित हुनेको संख्या चीनमा भन्दा दोब्बर बढी भएको थियो ।अमेरिका पछि इटलीको अवस्था भयावह छ । कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसले ज्यान गुमाएको इटलीमा पछिल्लो २४ घन्टामा मात्रै थप ८ सय ३७ जनाको मृत्यु भएको छ ।

इटलीमा मृत्यु हुनेको संख्या १२ हजार ४ सय २८ पुगेको छ भने १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित भएका छन् ।यता स्पेनमा पनि केही दिनदेखि मृत्युदर उच्च छ । स्पेनमा पछिल्लो २४ घन्टामा ७ सय ४८ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ भने ९५ हजार ९ सय २३ जना संक्रमित भएका छन् ।

फ्रान्समा पनि मृत्युदर उच्च देखिएको छ । पछिल्लो २४ घन्टामा फ्रान्समा ४ सय ९९ जनाले ज्यान गुमाएका छन् । यो सँगै फ्रान्सले पनि मृत्यु संख्यामा चीनालाई उछिनेका छ । त्यहाँ ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । यस्तै इरानमा २ हजार ८९८, बेलायतमा १ हजार ७ सय ८९ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस पहिलो पटक देखिएको चीनमा भने नयाँ संक्रमित र मृत्यु हुनेको संख्या थपिएको छैन चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५ सय १८ रहेको छ भने ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय १४ पुगेको छ भने ८ लाख ५७ हजार ४ सय ८७ जना संक्रमित भएका छन् । अहिलेसम्म एक लाख ७७ हजार १४१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

सम्बन्धित समाचार

आगलागीमा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रीटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको ज्यान गएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका...

नयाँ दिल्लीमा फसेकी युवतीको उद्धार

एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र  उनका श्रीमान्ले...

मोरङको पथरीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय पथरीले पुरानो एउटा कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पथरीशनिश्चरे नगरपालिका–३ विकास टोलका ३२ वर्षीय राजकुमार तुम्वापो आइतबार साझ पक्राउ परेका हुन्। इप्रका पथरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार घरमा...

साफ महिला च्याम्पियनसिप : आज नेपालले भारतसँग भिड्दै

विराटनगर । साफ माहिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहचरणको पहिलो खेलमा घरेलु टोली नेपालले आज शुक्रबार भुटानको सामना गर्दैछ। समूह ‘बी’ अन्तर्गतको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५ : ३० बजे सुरु हुनेछ। अघिल्लो संस्करणमा...

‘सत्ता देश र जनताको सेवाको साधन हो, यो कुरा आत्मसाथ नगर्ने राजनीतिक ठग हुन्’

काठमाडौं, ५ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रियसभा सदस्य नारायाणकाजी श्रेष्ठले राज्यसत्तालाई सबै थोक ठान्नु अपराध हुने बताएका छन् । माओको विचारलाई उद्धृत गर्दै उनले सत्ता देश र जनताको सेवाको साधान रहेको...

एभरेष्ट स्पोर्ट्स मीट सम्पन्न

विराटनगर । विराटनगर ५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा जारी एभरेष्ट स्पोर्ट्स मीट सोमबार सम्पन्न भएको छ । ९ माघमा सुरू भएको स्पोर्ट्स मीट विजेता खेलाडीलाई मेडल वितरण गर्दै सम्पन्न भएको हो । कक्षा नर्सरी देखि...

उपत्यकामा कोरोना भेटिएपछि टेकु अस्पतालमा परीक्षण गराउनेको भीड

काठमाडौं, ३१ वैशाख-काठमाडौ र भक्तपुरमा कोरोना संक्रमित भेटिएसँगै टेकु अस्पतालमा परीक्षण गर्नेको भीड लागेको छ ।  परीक्षणका लागि आउने अधिकांश काठमाडौ बाहिरबाट आएका मानिस छन् । साना बच्चदेखि वृद्धवृद्धासम्म परीक्षण्का लागि यतिवेला लाईनमा वसेका छन्...

‘पशुपतिमा कार्यरत भट्ट हटाउने हल्ला निराधार’

काठमाडौं, १ साउन-पशुपति क्षेत्र विकास कोषले हाल कार्यरत भट्टहरू हटाउन खोजिएको भनी गरिएको हल्ला निराधार भएको जनाएको छ । कोषका सदस्य–सचिव डा प्रदीप ढकालले आज विज्ञप्ति जारी गरी भट्ट हटाउने सम्बन्धमा नेपाल सरकार, संस्कृति, पर्यटन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्