बुहानमा दुई महिनापछि लकडाउन खुल्यो

 न्यूज विराट
बुहानमा दुई महिनापछि लकडाउन खुल्यो

चीनमा कोरोनाभाइरसबाट सर्वाधिक असर पारेको बुहान शहरमा सोमबारदेखि सतर्कतासाथ मानिसको आवागमन शुरु भएको छ ।भाइरस संक्रमण तीब्र रुपमा फैलिएसँगै बुहानमा झण्डै दुई महिनासम्म १ करोड १० लाख मानिस घरभित्रै बसेका थिए ।

स्थानीय सरकारले हुबे प्रान्तको राजधानी बुहानसहित प्रान्तका सबै सानाठूला शहर बजारमा लगाएको प्रतिबन्धहरु खुला गरेको छ । लकडाउन खुल्ला भएपनि शहरमा विगतको तुलनामा मानिसको संख्या भने नगन्य छ ।

सडकमा हिँड्ने र पसलमा आइपुग्ने ग्राहकलाई मास्क लगाएका पसलेहरुले स्वागत गरिरहेका छन् । उनीहरुले प्रत्येक ग्राहक र बटुवालाई निश्चित दूरी बनाएर हिँड्न र कुराकानी गर्न आग्रह गरिरहेको दृश्य सबैतिर देख्न सकिन्छ ।

गत जनवरी २३ तारिखदेखि बुहानमा लकडाउन गरिएपछि सबै मानिस घरभित्रै बस्न बाध्य भएका थिए । चुहे हान्जी मलमा भेटिएकी केट नाम गरेकी महिलाले भनिन्, “म आज अत्यन्तै खुशी छु, मलाई बेस्सरी कराउन मन लागेको छ आज ।” उनी थप्छिन्, “घरभित्र दुई महिनासम्म थुनिएकोले होला मलाई आज बेस्सरी उफ्रिन मन लागिरहेको छ ।”

कोरोनाभाइरसको संक्रमण रोक्न चीनको केन्द्र सरकारले चिनियाँ उद्योगको प्रमुख केन्द्रका रुपमा रहेको हुबे लकडाउन गरेको थियो । कोरोनाको संक्रमण विश्वभर विस्तार भएर विभिन्न सरकारहरुले ट्राभल र अरु नियन्त्रणका उपायहरु अबलम्बन गरिरहेकै बखत चीन सरकारले बुहान र अरु क्षेत्रमा लगाइएका प्रतिबन्धहरु हटाएको हो ।

लकडाउन हटाएसँगै विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीन आफ्नो अर्थतन्त्रलाई जीवन्त तुल्याउने प्रयत्नमा जुटेको छ । यसअघि हुवे प्रान्तका बुहान बाहेकका स्थानीयलाई यात्रा गर्न दिइएको भएपनि प्रान्त छाड्न दिइएको थिएन । बुहान बाहेृक क्षेत्रको लकडाउन मार्च २३ मै हटाइएको थियो । बुहानका बासिन्दामाथिका यात्रा प्रतिबन्ध भने अप्रिल ८ बाट हटाइनेछ ।

गत डिसेम्बरमै उहानमा कोरोनाभाइरस फैलिएको अनुमान गरिएपनि जनवरी १९ मा चीनमा नयाँ वर्षका कार्यक्रमहरु भएका थिए । जनवरी २२ मा अर्को एउटा ठूलो सांगीतिक कार्यक्रम भएको थियो । त्यतिबेलासम्म भाइरसको संक्रमण खतरानाक मोडमा पुगेको नागरिकलाई पत्तै थिएन । अर्को बिहान, स्थानीयबासीले समाचार सुन्नु परेको थियो, बुहान शहरलाई बाँकी विश्वबाट अलग गरिएको छ ।

प्रहरीले राष्ट्रिय राजमार्गका प्रवेशद्वारहरुमा ताला लगाएका थिए । ट्रकहरुलाई मात्र शहरका लागि आवश्यक सामग्री ल्याउन अनुमति दिइएको थियो । बस र सबवे सेवा बन्द गरिएको थियो ।

रेस्टुराँ, पसलहरु, सिनेमा र अरु व्यवसायहरु बन्द गरिए, सडकहरु सुनसान भए । मानिसहरुलाई घरभित्रै बस्न आदेश दिइयो । यी प्रतिबन्धहरु बुहान नजिकका अरु शहरमा पनि लागू गरिए र यो क्रम झण्डै ८० करोड मानिससम्म बिस्तार गरियो, अर्थात् चीनको झण्डै आधाभन्दा बढी जनसंख्या लकडाउनमा गए ।

भाइरसको प्रकृति र यसको नियन्त्रणका लागि व्यापक प्रयास एवं अध्ययन गरिए । एक हजारभन्दा बढी शैया रहेका दुई वटा अस्थायी अस्पतालहरु रातारात बनाइए र अर्को एउटा अस्पताल स्थानीय प्रदर्शन केन्द्रमा स्थापना गरियो । सयौं सैनिक सेवाका चिकित्सक र नर्सहरुलाई उहान खटाइयो ।

राष्ट्रपति सी चिनफिङले मार्च १० तारिखमा पहिलो पटक उहानको भ्रमण गर्नुभयो । अर्को दिन, सरकारले हुबेमाथिको प्रतिबन्धहरु बिस्तारै खुकुलो बनाउन थाल्यो । कतिपय कलकारखाना र अत्यावश्यक ठानिएका अरु व्यवसाय खुला गरियो ।

सोमबार चुहे हान्जी मलमा करिब ७५ प्रतिशत पसलहरु खुलेका छन् । तर, उनीहरुले मानिसको प्रवेशलाई सीमित गरेका छन् । एक पटकमा निश्चित संख्यामा मात्र मानिसलाई यस मलभित्र प्रवेश दिइएको छ । पसलेहरुले हात धुन स्यानिटाइजर्सको व्यवस्था गरेका छन् भने मानिसमा ज्वरो त छैन भनेर जाँच्ने गरिएको छ ।

बस र सबवे शनिबारदेखि पुनः खुलेका छन् भने रेलवे चालू भएको छ । हजारौं मानिसले यी रेल र बसबाट यात्रा गर्न थालिसकेका छन् । बुहानमा कोरोना भाइरसका कारण २ हजार ५४७ जनाको ज्यान गएको थियो । चीनमा आइतबारसम्म मृत्यु भएका ३ हजार १८६ जनामध्ये करिब ८० प्रतिशत उहानकै नागरिक थिए । चीनभर ८१ हजार ४७० जनामा कोरोनाभाइरसको संक्रमण भएको देखिएको थियो ।

बुहानका होटलमा बसेका व्यक्तिमा ज्वरो भए नभएको भन्दै दिनमा कम्तीमा दुई पटक जाँच्ने व्यवस्था गरिएको छ । उनीहरुले स्मार्टफोनमा उपलब्ध एपमा आफूलाई जोड्न भनिएको छ ताकि यात्रासहित निज व्यक्तिको स्वास्थ्य अवस्था र यात्राबारे नियमित अनुगमन गर्न सकियोस् ।

अधिकारीहरुले पाँच वटा होटललाई उहान भ्रमण गर्नेहरुलाई क्वारेन्टाइनमा राख्नका लागि छुट्याएका छन् । यी होटलमा विदेशी नागरिक समेतलाई राखिने छ । होटलका कर्मचारीले होटलमा बस्नेहरु र उनीहरुका सामानलाई डिसइन्फेक्ट गर्नुपर्नेछ । रासस

सम्बन्धित समाचार

कोशी प्रदेशका मुख्यमन्त्री पहिचावादीको अवरोधले भेडेटार जान सकेनन्

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचानबादीहरुले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई धनकुटाको भेडेटार जान अवरोध गरेका छन्। बैठकमा सहभागी हुन जाने क्रममा पहिचानवादी पक्षधरले अवरोध गरेपछि उनी धनकुटा जान नपाएका हुन्। भेडेटारको...

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

विराटनगर, असार ११-नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएसँगै मृतकको...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३६३ संक्रमित थपिए

विराटनगर, १८ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा तीन सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा एक सय ५६, सुनसरीमा एक सय २०, झापामा ६०, उदयपुरमा आठ, धनकुटा र इलाममा दुई÷दुई, पाँचथर, भोजपुर...

मगही भाषालाई मातृ भाषा उल्लेख गर्न विराटनगरका सरोकारवालाहरुको माग

विराटनगर, १० असोज । यस वर्षको राष्ट्रिय जनगणनामा मगही भाषालाई प्रत्येक मगही भाषीहरुले मातृभाषाको रुपमा लेखाउनु पर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । भाषा संस्कृति प्रतिष्ठान, मोरङद्वारा “राष्ट्रिय जनगणना २०७८ मा मगही भाषा अभिलेखिकरण...

वामदेवका लागि मैदान खाली गर्न महेश बस्नेत तयार

नेकपा केन्द्रीय सदस्यसमेत रहेका सांसद महेश बस्नेतले पार्टी उपाध्यक्ष वामदेव गौतमका लागि सिट खाली गर्न तयार रहेको बताएका छन् ।गाैतमलाई प्रतिनिधिसभामा ल्याउने चर्चाका माझ भक्तपुर निर्वाचन क्षेत्र नं. २ का सांसद बस्नेतले सिट खाली गर्न...

मदिरा पिएर विराटनगरमा एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर, कार चालक भारतीय पक्राउ

विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...

चीनको चाङ्ग–अ फाइभ अन्तरिक्ष यान चन्द्रमामा सफल अवतरण

एजेन्सी, १७ मंसिर-अन्तरिक्ष अभियानमा सफलता हात पार्दै गएको चीनले अर्को यानलाई सफलतापूर्वक अवतरण गराएको छ । चीनको रोबोटिक चाङ्ग–अ फाइभ अभियान अन्तर्गत गएराति सो यान चन्द्रमाको सतहमा अवतरण गराउन सफल भएको हो । चीनको यो...

‘प्याब्सन विराट कप’ : ग्रेडेड, विराट शिक्षा, सेन्टजोसेफ, देवकोटा र मदरल्याण्ड स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा पाँच वटा स्कुल विजयी भइ दोस्रो चरणमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा शनिबार भएको पहिलो खेलमा विराट शिक्षा स्कुलले ओडिसि स्कुललाई ६–० गोलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्