२५ चैतसम्म सेयर बजार बन्द रहने

 न्यूज विराट
२५ चैतसम्म सेयर बजार बन्द रहने

मंगलबारबाट खुलाउने भनिएको सेयर बजार कारोबार २५ चैतसम्म बन्द हुने भएको छ । सेयर लगानी कर्ता तथा ब्रोकरहरुले समेत लकडाउनको अवधि र कोरोनाको त्रास नहटेसम्मको लागि बन्द गर्न आह्वान गरेको समयमा नेपाल स्टक एक्सचेन्जले यस्तो निर्णय लिएको हो ।

सेयर बजारको कारोबार बन्दलाई निरन्तरता दिन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई सोमबार नै निर्देशन दिएको थियो । कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको भन्दै लकडाउनको अवधीसम्म बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिएका थिए ।

नेपाल स्टक एक्सचेन्जले नेपाल धितोपत्र बार्डको निर्देशन बमोजिम आगामी चैत्र २५ गते सम्मका लागि शेयर बजारको कारेबार स्थगित गरेको जनाएको छ ।

सम्बन्धित समाचार

काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना

विराटनगर । काठमाण्डौं विश्व विद्यालयको सम्पर्क कार्यालय विराटनगरमा स्थापना भएको छ । विराटनगरमा एक कार्यक्रम आयोजना गरी काठमाण्डौं विश्वविद्यालयको सम्पर्क कार्यालय विराटनगर १४ स्थित एस्पायर कलेज परिसर भित्र स्थापना गरिएको हो । सम्र्पक कार्यालयको उद्घाटन...

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...

खेलकुद क्षेत्रको विकासमा जोड

विराटनगर । खेलकुद क्षेत्रको विकासमा तीन तहको सरकारले लगानी गरिनुपर्ने एक कार्यक्रममा सहभागिहरुले बताएका छन् ।विराटनगरमा रहेको मिल्स गोल्डकप फुटबल ट्रस्टको शनिबार भएको तेस्रो साधारण सभामा सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख...

कोशी प्रदेश सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट , कुन क्षेत्रमा कति बजेट ?

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन्...

यसरी ब्युँतियो विराटनगरमा नेकपा (एमाले) मोरङको पार्टी कार्यालय

विराटनगर, २४ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को एकतालाई बदर गरेसंगै मोरङ जिल्ला कार्यालयमा पूर्वएमालेहरूले नेकपा एमालेको बोर्ड राखेका छन् । विराटनगरको पाञ्चालीमा रहेको पार्टी कार्यालयमा बोर्ड राख्न संस्कृति, पर्यटन तथा...

मौसम बद्ली : भोलि र पर्सि पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौं, पुस १२ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि पूर्ण बद्ली हुने मौसमविद्ले बताएका छन् । आज पनि पारिलो घाम लाग्ने सम्भावना छैन । यो प्रणालीका कारण देशका धेरै...

काेराेनाका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु

काठमाडौं, १ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।  शनिबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा साे संख्यामा...

बिहारमा १ जनाको मृत्युपछि जनकपुरमा सतर्कता, भोलिदेखि बजार बन्द

जनकपुरधाम, १० चैत-कोरोना भाइरस संक्रमणको प्रभाव बढ्दै गएपछि जनकपुरधाम बजार बन्द हुने भएको छ । कोरोना संक्रमण भित्रिन नदिन भोलिदेखि जनकपुधाम बजार बन्दको जनकपुर उद्योग वाणिज्य संघले घोषणा गरेको हो । संघका पदाधिकारीको सोमबार बसेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्