
शसस्त्र प्रहरीलाई गोताखोर तालिम सुरु
विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...
विराटनगर चैत,१६-कोभिड–१९ संक्रमणको त्रासले नेपाल र भारत दुवैतर्फ लकडाउन भएपछि भन्सार एजेन्ट, कामदार तथा विराटनगर भन्सारका कर्मचारी काममा जान छाडेका छन् । यसले गर्दा सीमित मात्रामा उपभोग्य वस्तु आयात हुनथालेका छन् । तेस्रो मुलुक तथा भारतबाट दैनिक ३ सयदेखि ५ सयसम्म ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका थिए । लकडाउनको चौथो दिन सकिँदासम्म प्रतिदिन ३० देखि ५० गाडी त्यसमा पनि इन्धन र भारतबाट कोइलाको आयात भन्सार आईसीपी हुँदै नेपाल आइरहेका छन् । लकडाउन सुरु भएपछि पछिल्लो समय नेपालबाट भारततर्फ निर्यात भने ठप्प छ ।
नेपालले यसै साताबाट अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरिसकेकाले हवाइमार्ग हुँदै आउने सामान पनि देशमा भित्रिनसकेको छैन । भन्सार स्रोतले दिएको जानकारीअनुसार भारतबाट हुने आयातमा चार दिनदेखि भन्सार एजेन्ट तथा व्यापारी नै सामान अर्डर गर्न र नाकामा आइसकेका सामान छुटाउन नआएर छाडेका कारण अहिले भारततर्फको आयात हुन नसकेको कुरा बताउँछ । तर भन्सार एजेन्टले दिएको जानकारीअनुसार विराटनगर भन्सारले नेपाल र भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न नसकेका कारण भन्सार एजेन्टलाई आवतजावतमा समस्या परेपछि आयात नै ठप्प भएको बताएको छ । यस विषयमा विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत शिव भण्डारीसँग यथार्थ जानकारीका लागि सम्पर्क राख्दा उनी सम्पर्कमा आएनन् ।
उनले भन्सार प्रमुख भएर भारती भन्सार र नेपाल भारतका सुरक्षाकर्मीसँग समन्वय गरी भन्सार एजेन्टलाई आवतजावत र काम गर्ने वातावरण बनाउनुपर्नेमा कसैसँग सम्पर्क नै नगरी बसेको आरोप विराटनगर भन्सारका भन्सार एजेन्टको छ ।विराटनगर भन्सार नाका भएर तेस्रो मुलुकबाट ल्याइने सामग्रीसमेत भारत हुँदै आउने हुँदा चार दिनदेखिको भन्सार कर्मचारी र भन्सार एजेन्टको समस्याले उपभोग्य सामग्रीको अभाव हुनसक्ने स्रोतको भनाइ छ ।
यसबारे सरकारले गम्भीर भएर नसोचे आयातनिर्यात ठप्प हुने व्यापारीहरूले बताएका छन् । संक्रमण रोक्ने भन्दै सुरक्षाका विषयमा मोरङ प्रशासनले भारतीय नाकामा उच्च सावधानी नअपनाएको तर भन्सार एजेन्टलाई आउजाउमा प्रशासनको कमजोर व्यवस्थापन रहेको हुँदा विराटनगर भन्सारको आयात प्रभावित भएको भन्सार एजेन्ट महासंघका केन्द्रीय सदस्य तथा रिलाइन्स इस्पिनिङका भन्सार एजेन्ट प्रविन जोशीले जानकारी दिए ।
भन्सार एजेन्ट जोशीले भने, ‘भन्सार खुले बैंक खुल्दैन, एजेन्ट गए भन्सार खुल्दैन, बैंक खुले बाहिरबाट कागजात पठाउन सकिँदैन भन्दै भन्सारबाट सामान छुटाउन कम्तीमा ४ देखि ५ वटा निकायबीच समन्वय गर्नुपर्ने हुँदा त्यसो हुन नसकेपछि विराटनगर भन्सारको आयात निर्योत नै प्रभावित भएको छ ।’अहिले विराटनगर भन्सारसँगै रहेको भारतीय नाकामा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको छ । हिँड्डुल गर्नेहरूलाई प्रहरीले नबुझी अभद्र व्यवहार गर्ने गरेका हुनाले विराटनगर भन्सारबाट हुने आपूर्ति प्रणाली नै बन्द भएको छ ।
जसले गर्दा आपूर्ति प्रणाली जारी राख्न भन्सार नाकामा उच्च सतर्कता र अन्तर्सम्बन्धित सरकारी निकायहरूबीच समन्वय जरुरी देखिएको छ । सरकारले भारतका सबै नाकाबाट गत मंगलबारदेखि नै मानिसको आउजाउ बन्द गरे पनि अत्यावश्यक सामग्रीको बिक्री, ओसारपसार र भारततर्फको आयातनिर्यात नरोकिने जनाएको थियो ।
तर भारतमा पनि तीन साताका लागि लकडाउन भएकाले त्यसको प्रत्यक्ष प्रभाव अहिले विराटनगर भन्सारबाट हुने आयात प्रणालीमा प्रष्ट देखिएको छ । विराटनगर भन्सारले जाँचपास र ढुवानी यथावत् राख्ने भने पनि सरोकारवाला निकायबीच समन्वय हुन नसक्दा बुधनगरमा रहेको(आईसीपी) सुक्खा बन्दरगाहमा कन्टेनरको जाम लागेको छ ।
भारत तथा तेस्रो मुलुकबाट आयातित वस्तु अहिले त्यसै बाटोमा थन्किएका छन् । भन्सार एजेन्ट नै सामान जाँचपासका लागि नआएको भन्दै विराटनगर भन्सारका जिम्मेवार कर्मचारी नै पन्छिने गरेका छन् । तर भन्सार एजेन्ट भने सामान लोड अनलोड गर्ने कामदारसमेत लकडाउनका कारण आउन जानका लागि प्रशासनले कुनै सहयोग नगरेपछि लोड भएका कन्टेनरहरु त्यसै थन्किएको दाबी गर्छन् । सडकमा हिँड्दा प्रहरीले मजदुर तथा भन्सार एजेन्टलाई दुव्र्यवहार गरेकाले मजदुरहरु अहिले घरमै बसेको नाम नछाप्ने शर्तमा एक एजेन्टले बताए ।(आर्थिक दैनिकबाट)
विराटनगर । कोशी प्रदेशमा शसस्त्र प्रहरीका लागि गोताखोर तालिम सुरु भएको छ । शसस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कोशी प्रदेशका प्रमुख सचिव...
विराटनगर । विराटनगर– ७ मा रहेको मेरिल्याण्ड कलेजले २० औं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रम आयोजना गरी कलेजले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा हिसान तथा आन्तरिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी तथा आन्तरिक खेलकुदमा...
काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...
विराटनगर । विराटनगरस्थित मेरिल्याण्ड कलेजकी छात्रा दिया अग्रवाल नेपाल प्रथम भएकी छिन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा गत ज्येष्ठ महिनामा लिएको कक्षा – १२को बोर्ड परीक्षाको शुक्रवार प्रकाशित नतिजामा विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजकी छात्रा...
काठमाडौं, ७ मंसिर-आइतबार काठमाडौं उपत्यकामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंका ७ सय ३३ ,भक्तपुरमा ५३ र ललितपुरमा १ सय ३१ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
जनकपुरधाम, १६ असार-नागरिकता विधेयकविरुद्ध आन्दोलन गरिरहेको जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारले प्रदेश २ मा हड्ताल गर्ने, गराउने र सहयोगीलाई जरिवानासहित कैद गर्ने विधेयक प्रदेशसभामा पेस गरेको छ । आवश्यक सेवा सञ्चालन गर्न बनेको विधेयकमा...
विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने भएको छ । बालवालिकाहरुलाई सीप र संस्कारसहित नेतृत्व विकास गर्ने उद्देश्यले मिस्टर एण्ड मिस लिटर कोशी छैठौ संस्करणको हुन लागेको हो । जय मिडिया...
काठमाडौं, ७ कात्तिक-नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.