भव्य भयो ‘मोर्डन एरा लिटल च्याम्प्स’, दिवस, अनुसुया, सृष्टिका र आभा भइन् बिजेता
शुक्रबार, ११ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित मोर्डन एरो स्कुलमा ‘मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता सम्पन्न भएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी मोर्डन एरा लिटल च्याम्प्स सम्पन्न भएको हो ।
छुट्टा –छुैट तीन विधामा मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता भयो । सिंगीनतर्फको प्रथम दिवस न्यौपाने, डान्सिङ्ग सिनियरतर्फको प्रथम अनुसुया पौडेल, जुनियरतर्फको प्रथम सृष्टिका पराजुली र मोडलिङतर्फको प्रथम आभा चौधरी भइन् । सिंगीनतर्फको पब्लिक च्वाइस एवार्ड अभिनव दाहाल, डान्सिङ्ग सिनियरतर्फको सिनियर पब्लिक च्वाइस एवार्ड रिपुजा आचार्य, जुनियरतर्फको पब्लिक च्वाइस एवार्ड सदिक्षा खड्का घोषित भइन् ।
मोडलिङतर्फको प्रथम रनरअप लिजा खत्री, सेकेन्ड रनरअप सम्पदा पराजुली र पब्लिक च्वाइस एवार्ड करुना बस्नेत भइन् । उक्त प्रतियोगिताको सिंगिनमा ८ जना, डान्सिङमा १३ जना र मोडलिङमा १२ जना प्रतियोगि फाइनलमा पुगेका थिए । प्रतियोगिताको डान्समा रुपेश विश्वास, प्रकाश तिम्सिना, गायनमा सुमन श्रेष्ठ, मोडलिङमा इश्वर बास्कोटा र सन्चिता महतो निर्णायक रहेका थिए । स्कुलले अभिभावक दिवसको अवसर पारेर प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको प्रिन्सिपल इन्द्र बहादुर राईले जानकारी दिए । शनिबार भव्य कार्यक्रम आयोजना गरी अभिभाव भेला सम्पन्न गर्ने उनले बताए । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच जना विद्यार्थीहरुले एमबीबीएसमा छात्रवृत्तीमा नाम निकाल्नेहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ । जसमा आयूषा पोखरेल, अमित यादव, नितेस पोखरेल, निरज रेग्मी र रोहन खतिवडालाई सम्मान गर्ने भएको हो । सोही अवसरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । मोर्डन एरा च्याम्सको उद्घाटन पूर्व सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले गरे ।
विराटनगर, १६ पुस । विराटनगरमा मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरीको बिगबिगी बढ्दै गएका बेला चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...
विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति खारेज गरी यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्नेमा जोड दिएका छन् । वैवाहिक समानताको कानून नहूदा यस समूदायका ब्यतिmहरू विदेश पलाएन भएको जानकारी गराउँदै...
विराटनगर, माघ १७–विराटनगरकी १० वर्षीया रुपमति दासको बलत्कारपछि हत्या गर्ने दुई जना अभियुक्तलाई अदालतले आजीवन कैदको फैसला गरेको छ । विराटनगर–८ बलुवाहीका १९ वर्षीय चन्दु महतो र सोही ठाउँका २५ वर्षीय भुट्टु भन्ने अब्बास अन्सारीलाई...
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । संक्रमणका कारण प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा झापाको विर्तामोड–८ की ४५ वर्षीया महिलाको गएराति १२ बजेर २५ मिनेटमा मृत्यु भएको हो...
काठमाडाैं, २८ जेठ-मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे निर्णय हुने भएको छ । प्रधानमन्त्री ओलीले संसदमा बोल्दै लकडाउनको मोडालिटी परिवर्तन हुने बताएका छन् । प्रधानमन्त्रीले बुधबार संसदमा लकडाउनको मोडालिटी आजै परिवर्तन हुने बताएका छन् । उनले भनेका...
विराटनगर । विराटनगर ३ पिपल चोकमा सोरुम फुटाएर नयाँ कार चोरी भएको छ । चोरीमा संलग्न भएको आरोपमा १ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक रहेको पूजा इन्टरनेशनल नेपाल प्रा।लिले सञ्चालन गरेको...
विराटनगर, जेठ २२–प्रदेश १ बाट बिहिबार ३० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ मा उपचाररत २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कोभिड १९ मा उपचाररत ३ जना डिस्चार्ज भएको...