भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् ।
रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सल्लाह दिएका हुन् ।
पूरै विश्व कोरोना भाइरसको महामारी झेली रहेको बेला तर रामदेवले घरेलु उपचार पद्धतिले कोरोना भाइरसको संक्रमण नहुने दाबी गरेका छन् । उनले झारखण्ड पुगेर कार्यक्रममा मन्तव्य राख्ने क्रममा भने ‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी कोरोना भाइरससँग लड्न सक्छौँ । योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि कोरोना भाग्छ ।’
रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए कोरोना भाइरसको संक्रमणले नछुने बताए । उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् ।