सरकारले लुक्लाबाट १४ अष्ट्रेलियन नागरिकको उद्दार गरेको छ । बिहीबार पोखरा र लुक्लाबाट आएकासहित ३०० युरोपेलि नागरिक फिर्ता भएको अवस्थामा अन्य विदेशी नागरिकलाई पनि ठाउँमा ठाउँबाट काठमाडौं, ल्याइँदै छ ।
लुक्लामा धेरै पर्यटकहरु अलपत्र परेको छन् । गत बिहीबार लुक्लाबाट तारा एयर १४ फ्रेन्च नागरिक ल्याएको थियो । शुक्रबार १४ जना अष्ट्रेलियन पनि काठमाडौं ल्याइएको विमानस्थल कार्यालयले जनाएको ।
तारा एयर मार्फत १४ अष्ट्रेलियन नागरिक ल्याइएको हो । पर्यटकको उद्दारमा शनिबार पनि ५ वटा फ्लाइट हुँदैछन् ।नेपालको ७ दशक लामो आन्तरिक उडानमा मंगलबार बुधबार २ दिन पूर्ण रूपमा आकाश खाली रहेको अवस्था बिहीबार बुद्व एयर र तारा एयरले उडान गरेका थिए ।
शुक्रबार तारा र यति एयरले पर्यटक उद्दारको लागि आन्तरिक उडान गरेको हो । यतिले पोखराबाट उडान गरेको थियो ।शनिबार पनि अत्याबश्यक काम र उद्दारमा तारा, नेपाल एयरलाइन्स लगायत सक्रिय हुने विमानस्थल कार्यालयले जनाएको छ ।
उच्चस्तरीय समन्वयन समितिको बुधबार बसेको बैठकले नेपालको विभिन्न भागमा अलपत्र परेका नागरिकलाई काठमाडौं ल्याउने र त्यसपछि उचित उडान मिलाएर सम्बन्धित देश पठाउने निर्णय लिएको थियो ।