विदेशबाट आएका र संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा बस्न र सरकारले तोके भन्दा फरक काम गर्न आग्रह गरेको छ । बुधबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भूल बस त्यस्ता काममा संलग्न रहेका व्यक्तिलाई जतिसक्दो छिटो सम्पर्कमा आउन आग्रह गरेका हुन्।
उनले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारको तर्फबाट गर्नुपर्ने कामहरू तीन तहबाट पूरा गर्ने बताए । उनले संकटको अवस्थामा जो जहाँ छन् त्यहिँ बस्त आग्रह गरे । ‘जुन सुकै ठाउँमा रहेका व्यक्ति, संक्रमित भएका व्यक्ति जो जहाँ छौँ त्यहिँ बसौँ’ उनले भने ‘उपचारको जिम्मा नेपाल सरकारको हो ।’
उनले संक्रमित भेटिएको अवस्थामा जुनसुकै देशका व्यक्तिको उपचारको गरिने र विश्व अन्य देशले पनि त्यस्तै गरिएको बताए । बुधबार गरेको प्रेस विफ्रिङमा उनले नेपाली र विदेशीमा कुनै विभेद नगरी सबैको उपचार सरकारले गर्ने बताएका हुन् ।