विदेशमा रहेका १२ नेपालीमा कोरोना पुष्टि, २ जनाको मृत्यु

 न्यूज विराट
विदेशमा रहेका १२ नेपालीमा कोरोना पुष्टि, २ जनाको मृत्यु

वैदेशिक रोजगारीमा रहेका र विदेशमा बसोवास गर्दै आएका १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । ती १२ जनामध्ये २ जनाको मृत्यु भएको छ ।

यूएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो । उनीहरू उपचारपछि निको भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । रोजगारीका लागि पोर्चुगल पुगेका २ जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । हाल उनीहरूको पोर्चुगलमै उपचार भइरहेको छ ।

पोल्याण्ड रोजगारीका लागि गएका २ जना नेपालीमा पनि कोरोना भाइरस देखिएको छ । उनीहरूको हाल त्यही देशमा उपचार भइरहेको छ । अमेरिकाको न्युयोर्कमा २ जना नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय एक व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक पनि संक्रमित भएका हुन् । एक जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ ।

लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी लन्डनमा सामाजिक अभियन्ता हुन् । हाल उनको लन्डनमा उपचार भइरहेको छ ।

यस्तै, करिब ३ साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट संक्रमण पाइएको छ । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरूले करिब २० वर्षका ती विद्यार्थी संक्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् ।

खाडीका देश, युरोपका मुलुक, अमेरिका, क्यानडा, मलेसिया, भारत, अफ्रिकी देशमा रहेका कति नेपालीमा कोरोना भाइरसको संक्रमण देखिए पनि बाहिर आएको छैन । विदेशमा रहेका श्रमिक, विद्यार्थी, व्यापारी र अन्य पेसा गर्दै आएका नेपाली कोरोनाको उच्च जोखिममा छन् ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमा १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ भने ४ लाख २२ हजार ८ सय ३९ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमण भएका १ लाख ९१ हजार २ जना निको भएका छन् ।

सम्बन्धित समाचार

१ महिनासम्म पर्यटन बिदा हुन सक्ने

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि पर्यटन बिदा नीति अघि सारेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस्तो नीति अघि बढाउन थालेको जानकारी गराएका हुन् । 'तत्काल विदेशी...

कोशी अस्पतालमा पहिलो पटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया, एकै दिन दुई जना विरामीको सफल उपचार

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ ।ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया सुरु भएको हो । मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७...

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

नोवेल साकोसद्वारा स्रष्टा सम्मान

विराटनगर । विराटनगरस्थित नोवेल साकोस साहित्यिक संस्थाको आयोजनामा सम्मान तथा काव्यगोष्ठी सम्पन्न गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रममा साकोसले कवि जमुना पौडेललाई सम्मान गरेको छ । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, प्रेस युनियन कोशी...

विराटनगरमा सिटी चालकको प्रर्दशन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका...

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन प्रतिबद्ध छौँ : प्रिन्सिपल त्रिलोचन गौतम

विराटनगर–११ पाञ्चालीमा रहेको सगरमाथा स्कुलका प्रिन्सिपल हुन, त्रिलोचन गौतम । सगरमाथा स्कुलले स्थापना कालदेखि नै विद्यार्थीहरूमा अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गरेको कारणले विद्यार्थी र अभिभावकको रोजाइमा परेको उनले बताए । शिक्षासँग केन्द्रित...

अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषद् बैठक डाकेपछि प्रचण्ड पुगे बालुवाटार

अध्यादेश फिर्ता लिनुअगावै प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि त्यस विषयम छलफल गर्न अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड' बालुवाटार पुगेका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटीले अध्यादेश फिर्ता गर्ने पर्ने निर्णय गरे पनि...

पहिराेमा पुरिएकामध्ये ६ जनाको शव भेटियाे

पर्वत, ३२ जेठ-पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ मध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले २ घर पुरिँदा २ परिवारका ९ जना पुरिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्