विराटनगर, चैत १०–कोरोना भाइरसको जोखिमलाई मध्यनजर गदै संखुवासभाको खाँदवारी बजार एक हप्ताकोलागी बन्द गरिएको छ । उद्योग बाणिज्य संघ संखुवासभाको आह्वानमा आजदेखि बजार बन्द गरिएको हो । कोरोना भाईरस सम्भावित सक्रमण रोक्न बजार बन्द गरिएको छ ।
बजारमा दैनिक उपभोग्य अत्यावस्यक सामान बाहेक सम्पुर्ण पसल बन्द गरिएको उधोग बाणीज्य संघ संखुवासभाका अध्यक्ष युवराज शाक्यले बताए । अहिले काठमाण्डौ लगायतका शहरबाट जिल्लावासी घर फर्किने क्रम रहेकोले सम्भावित जोखिमलाई न्यूनिकरण गर्न बजार बन्द गरिएको उनले बताए ।
यतिबेला खाँदवारी बजार सुनसान रहेको छ र सवैलाई आफनो घरबाट अत्यवस्यक काम बाहेक घर बाहिर ननिस्कन अनुरोध समेत गरिएको छ । त्यस्तै संखुवासभा जिल्लाको बरुण क्याम्पस हाता भित्र क्वारेन्टाईन तयारी पूरा गरिएको छ । क्याम्पस हाता भित्र ३० बेडको क्वारेन्टाईन तयारी गरिएको प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले बताए ।