सरकारले मंगलबार बिहानबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । सरकारले भोलि मंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्नेबाहेक अरू सवारी साधन पनि चलाउने पाइने छैन । सरकारले सुरक्षा निकायबाट प्रयोग हुनु विमानबाहेक अन्य अन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ ।
चैत ११ गते मंगलबार विहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लक डाउन लागू हुने विभिन्न आठ बुँदामा आदेश जारी गरेको छ ।