काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

 न्यूज विराट
काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म पूर्वी नाका काँकडभिट्टा भएर गाँजा र विभिन्न प्रकारका इन्जेक्सन मात्र प्रहरीले पक्राउ गर्ने गरेको थियो तर पछिल्लो समय ब्राउन सुगर, हिरोइन, ‘आइस ड्रग्स’ जस्ता लागूऔषधसमेत यहीँ नाकाबाट भित्र्न थालेको पाइएको छ । प्रहरीले लागू पदार्थसँगै व्यक्ति पनि पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश कारोबारी कम र सेवनकर्ता ज्यादा छन् ।

विगतमा लागूपदार्थ बोक्ने भरिया मात्रै पक्राउ हुन्थे । अहिले भने भरियासँगै कारोबारी नै पक्राउ पर्न थालेका छन् । पछिल्लो समय अनेक उपाय गरेर लागूपदार्थ ओसार्ने समूहहरू पक्राउ पर्दै आएका छन् । काँकडभिट्टास्थित मेचीपुललगायत अन्य ग्रामीण क्षेत्रका विभिन्न नाकामा लागूऔषध नियन्त्रण व्युरोले प्रहरी तैनाथ पारे पनि कारोवारीहरुले विभिन्न तौरतरिका र माध्यमबाट लागूऔषध ल्याउने गरेका छन् । अधिकांश दुव्र्यसनी सेवनका लागि सीमापारि बजार पानीट्यांकी जाने र बेच्ने उद्देश्यले बोकेर आउने गरेको पाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका अनुसार ८ महिनाको अवधिमा विभिन्न २९ घटनामा ४५ जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार काठमाडौं लागूऔषध प्रयोगकर्ता वढी भएको देशकै पहिलो जिल्ला हो । त्यसपछि झापा पर्छ । १ हजार १ सय ३५ जना कैदीबन्दी रहेको जिल्ला कारागार भद्रपुरमा लागूपदार्थ मुद्दाका मात्रै २ सय ५३ जना छन् । तिनमा २० जना महिला छन् । चालु आर्थिक वर्ष २०७४÷२०७५ को माघ तेस्रो सातासम्म इलाका प्रहरी कार्यालय काँकडभिट्टामा दर्ता भएका विभिन्न प्रकृतिका १२० वटा आपराधिक मुद्दामध्ये लागूऔषधका मात्र ३८ वटा दर्ता भएका छन् । पछिल्लो महिना दर्ता भएका २५ मुद्दामध्ये १९ वटा लागूऔषधको मात्रै रहेको छ । लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार यस नाकाबाट भित्र्याइएका लागूऔषध पूर्वी पहाडी जिल्लादेखि पूर्वकै विर्तामोड, दमक, इटहरी, धरानलगायतका शहरी तथा ग्रामीण क्षेत्रहरुसम्म पुग्ने गरेको छ ।

ब्राउन सुगर, फेनारगन, लुपिजेसिक, डाईजिपाम, नाइट्रोजन, कोरेक्स, फेन्सीडललगायतका औषधीजन्य लागूऔषध नेपाली बजारमा बेचबिखन गर्न प्रतिबन्ध भए पनि सीमावर्ती भारतीय बजारमा सहजरुपमै पाइन्छन् । यसै कारण नेपाली लागूऔषध प्रयोगकर्ता तथा त्यसमा संलग्न कारोबारीहरु भारतीय बजार धाउने अनि ठूलो संख्यामा लागूऔषध नेपाल भित्र्याउने गरेको प्रहरीको दाबी छ । पक्राउ परेकामा अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन् । युवा पुस्ता विभिन्न कारणबाट लागूऔषध प्रयोगकर्ता भएका कारण यो रोक्न सबैको सक्रियता आवश्यक रहेको प्रहरी नायव उपरिक्षक पोखरेलले बताए ।

पूर्वी नाकाबाट भित्रिएको लागूपदार्थ पूर्वका विभिन्न सहर अनि काठमाडौं र पोखरासम्म पुत्र्याउने गरिएको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कोही व्यक्तिको साथबाट १ ग्रामभन्दा माथि ५ ग्रामसम्म ब्राउन सुगर भेटिए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । ५ ग्रामभन्दा माथि १० वर्षमुनि कैदको व्यवस्था छ । त्यस्तै, १० देखि २० ग्रामसम्म १० वर्ष, ५० ग्रामभन्दा माथि भेटिए आजीवन कैद हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित समाचार

तयार भयो देशकै सबैभन्दा ठूलो सबस्टेशन, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने

देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । कार्यक्रममा...

विराटनगर रोडशेष चोकबाट ठुलो परिमाणमा भारतबाट ल्याइएको बोइलर कुखुरा बरामद

विराटनगर, १३ माघ । विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।...

संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

 काठमाडौं, ३ असोज-पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि...

साफ महिला च्याम्पियनसिपमा भारतको सानदार जित

विराटनगर । साफ महिला च्याम्पियनसिपमा भारतले उत्कृष्ट जित निकालेको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबारबाट सुरू भएको प्रतियोगिताको उद्‌घाटन समूह ‘ए’ को खेलमा ५–२ गोलले हराउँदै भारतले सानदार जित हात पारेको हो । खेलमा भारतले...

आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू

काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...

शिलन्यास भएको तीन दशकपछि कटहरीमा रेडक्रस भवन बन्यो

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा निर्माण गरिएको रेडक्रस उपशाखा भवन शिलान्यास भएको तीन दशकपछि निमार्ण पुरा भएको छ । स्थानीय विनादेवी कामतले दिएको पाँच धुर जमिनमा शिलन्यास भएको ३० बर्षपछि रेडक्रसको भवन निर्माण कार्य पुरा...

कान्तिपुर कलेज र रेड स्टार कलेजले जित्यो हिसान फुटबलको उपाधि

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ । विराटनगरको शहिदमैदानमा फ्लटलाईटमा भएको रात्रीकालिन छात्र...

सुत्केरीलाई गुुँदपाक वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर, ४ वैशाखगोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक तरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो । गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्