क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारको २ करोड

 न्यूज विराट
क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारको २ करोड

विराटनगर, चैत ९–विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश १ सरकारले २ करोड रुपैंयाँ उपलब्ध गराउने भएको छ । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलोचरणमा १ करोड रुपैया मैदानको स्तरोन्नतीका लागि र थप १ करोड रुपैया पवेलियन निर्माणका लागि उपलब्ध गराउने जानकारी दिए । मन्त्री घिमिरेका अनुसार पहिलोचरणको रकम विराटनगर महानगरपालिका अन्र्तगत खर्च गरिने बताए ।

महानगरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको कम्प्लेक्समा रहेको क्रिकेट मैदानमा ६ वटा टर्फ पिच, मैदानमा माटो भर्ने, साइड स्क्रिन, ३ स्थान पानीको बोरिङ, पानी ट्याङ्कीका लागि १ करोड रुपैया बजेट खर्च हुनेछ ।

पहिलोचरणमा प्रदेश १ सामाजिक मन्त्रालयले विराटनगर महानगरपालिका मातहतमा १ करोड रुपैया उपलब्ध गराएको छ । यसका लागि क्रिकेटका अम्पायर एवम् क्युरेटर शिरीष उपाध्यायको संयोजकत्वमा बैजनाथपुर क्रिकेट रंङ्गशाला निर्माण तथा मर्मत उपभोक्ता समिति गठन भएको छ । संयोजक उपाध्यायका अनुसार असार मसान्तभित्र उल्लेखित कार्य सम्पन्न गर्ने गरि केहीदिनबाटै फिल्डवर्क सुरु हुनेछ ।

मैदानमा निर्माण हुने पिचका लागि उदयपुरबाट रातो माटो, सुनसरीको बर्जुतालबाट कालो माटो र सेतो माटो लगाइने क्युरेटर उपाध्यायले बताए । उनका अनुसार १ करोड रुपैयामा विभिन्न कर कटाएर ८५ लाख रुपैया हुने र बाँकी १५ प्रतिशत रकम समितिले ब्यहोर्नेछ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले मैदानको स्तरोन्नतीका लागि सामाजिक विकास मन्त्रालयबाट १ करोड रुपैया उपलब्ध भएको जानकारी दिए । मेयर पराजुलीले भने, ‘मैदान स्तरोन्नतीका लागि क्रिकेटमा लागेका ब्यक्तिहरुकै समूहले उपभोक्ता समिति बनाएका छन् । सोही उपभोक्ता समितिले काम गर्नेछन् ।’ मैदान महानगरपालिका भित्र भएको हुनाले यसको स्तरोन्नतीमा महानगरले विशेष चासोका साथ हेर्ने मेयर पराजुलीले जानकारी दिए ।

त्यसैगरि क्यानका एक पदाधिकारीले विगतमा भएका घटनाबाट पाठ सिक्दै अब नयाँ शिराबाट काम हुने बताँउछन् । उनले भने, हिजो के भयो त्यसमा नगइकन हामी मैदानको स्तरोन्नतीका लागि खटिनेछौ ।जिल्ला खेलकुद विकास समिति मातहत रहेको मैदान निर्माणका लागि सातौं राष्ट्रिय खेलकुदका क्रममा ६४ लाख रुपैया, त्यसपछि सामाजिक विकास मन्त्रालयबाट दुईपटक २०७४/७५ मा १ करोड ७० लाख रुपैयाँ, र २०७५/०७६ मा १ करोड रुपैया खर्चिसकेको छ ।

२०७४/७५ मा क्षेत्रीय खेलकुद विकास समितिले १ करोड ७० लाखमा मैदानको वरिपरि ड्रेन, साईडस्क्रिन, पिच र मैदानमा माटो भर्नका लागि शाह गरिमा जेभी कन्स्ट्रक्सनले जिम्मा लिएको थियो । सो समय गुणस्तरहीन कमसल काम भएको जनाउँदै जिल्ला क्रिकेट संघ मोरङको तदर्थ समितिका अध्यक्ष सुनिल पौडेलसहितको टोलीले आपत्ती जनाएको थियो ।

त्यसैगरि, २०७६ सालको स्तरोन्नतीको काममा समेत विवाद आएपछि तत्कालीन बैजनाथपुर क्रिकेट मैदान तथा स्तरोन्नती ब्यवस्थापन समितिले १ करोड रुपैया रुपैयामा २६ लाख रुपैया ५७ हजार रुपैया खर्च गरेको थियो । समितिले विवाद उत्पन्न भइसकेपछि बाँकी १६ लाख ४३ हजार रुपैया मन्त्रालयलाई नै फिर्ता गरेको थियो । त्यसैगरि, सो समय ४२ लाख रुपैयामा ३ वटा घाँस काट्ने मेसिन, पिचको घाँस काट्ने १ मेसिन, पिच छोप्नका लागि समान दुई थान जुट र प्लाष्टिकको कभर र पुरै मैदान छोप्नका लागि ३ थान कभर खरिद भएको थियो ।

यस मैदानमा सातौं राष्ट्रिय खेलकुदका क्रममा क्रिकेट प्रतियोगिता, एकपटक ए डिभिजन क्रिकेट प्रतियोगिता आयोजना भएको जिल्ला क्रिकेट संघ मोरङले जनाएको छ । यद्यपी, यसबीच विद्यालयस्तरीय प्रतियोगिता पनि हुदै आएको छ ।

मैदानका लागि सामाजिक विकास मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्ले रकम खर्च गरेपनि त्यसको मर्मत र उचित रेखदेख हुन नसकेको क्रिकेटका पदाधिकारीहरुको गुनासो छ । उनीहरु भन्छन, ‘न खर्च गर्ने निकायले त्यसको रेखदेख गर्छन् न त परिषद्ले नै । त्यसैलेपनि यसमा पटकपटक रकम खर्च हुदाँ समेत उपलब्धी भने अपेक्षाकृत रुपमा आउन सकेको छैन ।’

सम्बन्धित समाचार

प्रचण्ड र वामदेवबीच एक घण्टा भेटवार्ता

काठमाडौं, ११ पुस-नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो । भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

गठबन्धन बैठक बिनानिष्कर्ष सकियो, ८ गते फेरि बस्ने

काठमाडौं । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरूप सत्तागठबन्धनको निर्णायक भनिएको आजको बैठक पनि बिनानिष्कर्ष सकिएको छ । एक घण्टा पनि नबसी आइतबार पुन: बैठक बस्ने गरी नेताहरू उठेका छन् । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार फागुन गते...

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको काज सरुवा, दिपक पोखरेल आउँदै

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) शान्तिराज कोइरालाको काज सरुवा भएको छ । अपराध नियन्त्रण, अनुसन्धान र द्धन्द्ध व्यवस्थापनमा अब्बल देखिएका कोइरालाको मोरङबाट नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएको हो । करिब...

नाबुन विराटनगरमा नयाँ नेतृत्व, अध्यक्षमा बसन्ती गुरूङ

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिमा नयाँ नेतृत्व चयन भएको छ ।विराटनगरमा शनिबार सम्पन्न भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि...

काठमाडौं उपत्यकामा थपिए १००७ संक्रमित

काठमाडौं, ८ मंसिर-काठमाडौं उपत्यका पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४५४ जना महिला र ५५३ जना पुरुषमा कोरोना...

महेन्द्र मोरङका क्याम्पस प्रमुखसहित चार जना विभागिय प्रमुख कार्यकक्षमा थुनिए

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख बावुराम तिम्सिनासहित चार जना शिक्षक कार्यकक्षमा थुनिएका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्वीयू) र महेन्द्र मोरङका विद्यार्थीहरुले क्याम्पस प्रमुख तिम्सिना, सहायक क्याम्प्स प्रमुख शिवराम चौधरी, बिबिएसको कोडिनेटर...

नेपालमा थप २४२ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नेपालमा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २४२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार पछिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्