दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

 न्यूज विराट
दैनिक उपभोग्य वस्तु गोदाममा छ, बजारमा छैन

स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरिएको छ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै यसको रोकथामका लागि मुलुकभर अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने र सीमामा कडा निगरानी बढाएको छ । तर खाद्यान्न र खाना पकाउने ग्यासको अनुगमन गर्दा आत्तिनुपर्ने स्थिति नभएको पाइएको छ ।

मेचीनगर नगरपालिकाको टोलीले प्रदेश सांसदसहित शनिबार नगरका चार वटा चामल उद्योग र एउटा ग्यास उद्योगमा अनुगमन गर्दा त्यहाँ प्रशस्त धान, चामल र खाना पकाउने ग्यास भण्डारण (मौज्दात) रहेको पाएको छ ।

बजारमा रहेका बिक्री डिलरहरुले ग्यास छैन भन्ने गरेता पनि मेचीनगर–१४ दुहागढीस्थित मेची ग्यास इन्डस्ट्रि«जको गोदाममा ११ हजार सिलिन्डर ग्यास मौज्दात रहेको र नौ हजार सिलिन्डर ग्यास भारतबाट केही दिनमै आउने क्रममा रहेको उद्योगका सञ्चालक महादेव अग्रवालले जानकारी दिए ।

‘एउटा सिलिन्डर भएका उपभोक्ताले हाल तीन वटासम्म सिलिन्डर किनेर लैजाने गरेकाले अभाव भएको जस्तो देखिएको हो’, उद्योगका सञ्चालक अग्रवालले अनुगमन टोलीलाई भने, ‘आत्तिनु पर्दैन, हामीसँग पर्याप्त मौज्दात छ र दिनैपिच्छे दुई हजारभन्दा बढी सिलिन्डर डिलरकहाँ पु¥याइरहेका छौँ ।’

उनले मेची ग्यासको कुनै डिलरले सो भाइरसको जोखिम निम्तिएको मौका छोपी बढी मूल्यमा ग्यास बेचेको र सामान लुकाएर उपभोक्तालाई ठगी गरेको पाइएमा डिलरको लाइसेन्स नै खारेज गरिदिने चेतावनी दिइएको अनुगमन टोलीलाई जानकारी दिए । उनले भने, ‘ग्यासको अभाव हुनुपर्ने कुनै कारण नै छैन ।’

मेचीनगरकी उपप्रमुख मीना उप्रेतीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा प्रदेश–१ का सांसद गोपाल बुढाथोकी, नगरपालिकाका खाद्य तथा अनुगमन अधिकृत दीपेन्द्र कार्की, नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेस मेचीनगरका सभापति इन्द्र बुढाथोकी, राप्रपाका नगर अध्यक्ष सुशील आचार्य, मेची उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सदस्य भूमि पौडेल, सङ्घका पूर्वअध्यक्ष एवं अगुवा व्यवसायी विजय डालमिया, राजश्व तथा भन्सार सुरक्षा गुल्म काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानमणि पौडेललगायत सहभागी थिए ।

राजनीतिक दलका प्रमुखहरुसहितको टोलीले मेचीनगर नगरपालिकालाई बजारको समस्या दर्शाउँदै कृत्रिम अभाव सिर्जना गर्नेमाथि कारवाही चलाउन माग गरेपछि नगरपालिकाले मेचीनगरमा रहेको धान–चामलका मिलको अनुगमन गरेको हो ।

टोलीले मेचीनगर–११ धाइजनस्थित सूर्य एग्रो, मेचीनगर–१३ स्थित मित्तल एग्रो र मेचीनगर–७ स्थित राधाकृष्ण इन्डस्ट्रिज र राकेश राइस मिलमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका सबै मिलमा ठूलो मात्रामा धान र चामलको मौज्दात रहेको पाइएको थियो भने उद्योगका सञ्चालकले बजारमा लामो अवधिसम्म थेग्ने खाद्यान्न मौज्दात भएको हुँदा उपभोक्ताले हडबडाउन नहुने धारणा व्यक्त गरेका थिए ।

धाइजनस्थित सूर्य एग्रोमा ७५ हजार क्विन्टल चामल र ८ हजार क्विन्टल मुसुरो दाल मौज्दात रहेको उद्योगका सञ्चालक रमेश मिण्डाले जानकारी दिए । ‘बजारमा जति चाहिए पनि चामल र दाल उपलब्ध गराउन सक्ने सामथ्र्य उद्योगहरुसँग छ,’, मिण्डा भन्छन्, ‘अहिले नै बजारमा अभाव नहुनु पर्ने हो ।’

उद्योगमा रहेको मौज्दातको विवरण अनुगमन टोलीलाई बुझाउँदै मेचीनगर–१३ स्थित मित्तल एग्रोका सञ्चालक मोहन मित्तलले अहिले उद्योगले चामलको मूल्य नबढाएको र बजारमा माग भएबमोजिम आपूर्ति गरिरहेको बताए ।

‘मुलुकलाई संकट पर्न लाग्यो भनेर कुनै उद्योगी र व्यापारीले कालोबजारी र मूल्य बढाउने गलत काम गर्नु हुँदैन’, उनको भनाइ थियो ।

मेचीनगर–७ मा रहेको राधाकृष्ण इन्डस्ट्रिजमा आठ हजार क्विन्टल धान र राकेश राइस मिलमा ५ सय क्विन्टल चामल र दुई हजार क्विन्टल धान मौज्दात रहेको जानकारी अनुगमन टोलीले प्राप्त गरेको छ ।

मेचीनगरका प्रमुख विमल आचार्यले नगरपालिकामा नगर क्षेत्रका सबै चामल उद्योगका सञ्चालकलाई बोलाएर संकटको अवस्थामा उद्योगले पालना गर्नुपर्ने विभिन्न व्यवस्थाका विषयमा जानकारी गराइएको बताए । कोरोना भाइरस रोकथामका लागि राज्यले कडा कदम चालेका बेला कुनै अभाव नहोस् भनेर उद्योगी सचेत हुनुपर्ने उनको भनाई थियो ।

मेची उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमिया बजारमा सामान नभएर होइन, भएको सामान मौज्दात गर्ने उपभोक्ताको हतारो र अनुचित नाफाको लोभमा लागेका कतिपय गैरजिम्मेवार व्यवसायीले सामान लुकाउन थालेको हुँदा बजारमा कृत्रिम अभाव सिर्जना हुन थालेको बताउँछन् ।

खासगरी अत्यावश्यक वस्तुमा पर्ने चामल, दाल, तेल, साबुन, चिनीलगायतका उपभोग्य सामान भोलि लामो समय बजार बन्द होला कि भन्ने हल्ला र त्रासका कारण उपभोक्ताहरुले नै आवश्यकताभन्दा दोब्बर–तेब्बर किनेर घरमा मौज्दात राख्न थाल्दा बजारमा अभावजस्तो स्थिति देखिएको मेची उद्योग वाणिज्य सङ्घका सदस्य एवं पौडेल किराना पसलका सञ्चालक भूमि पौडेल बताउछन् । रासस

सम्बन्धित समाचार

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ, २७ असोज-बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा...

२४ घण्टामा १३५१ संक्रमित थपिए, ७४२ डिस्चार्ज

काठमाडौं, १२ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

विराटनगरको खाद्य प्रविधिको ल्याबले पायो अन्तर्राष्ट्रिय मान्यता

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको ल्याबले गरेको खाद्यबस्तुको परीक्षण रिपोर्ट अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेको छ ।प्रयोगशालालाई मान्यता दिने अन्तर्राष्ट्रिय संस्था भारतको एनएबीएल (नेशनल एक्रिडिटेशन बोर्ड फर टेस्टिङ्ग एण्ड क्यालिब्रेशन ल्याब्रोटोरी)...

चीनमा एकै दिन थपिए ९९ संक्रमित

एजेन्सी, चैत ३०-चीनमा कोरोना भाइरस (कोभिड-१९) का करिब सय नयाँ 'केस' भेटिएका छन् । चीनमा कोरोना भाइरस संक्रमणका ९९ केस भेटिका हुन् । पछिल्लो हप्तामा देखिएका नयाँ संक्रमितमध्ये शनिबारबार भेटिएका सबैभन्दा धेरै हुन् । नयाँ...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बृक्षारोपण

विराटनगर, २३ असार । विभिन्न सामाजिक कार्यहरु निरन्तर गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वतावरण संरक्षणका लागि बृक्षारोपण गरेको छ । ‘आउने पुस्ताका लागि रुख रोपौँ’ भन्ने मुल नाराका साथा विराटनगर–४ स्थित खार्जी कोहबरा...

जेठ २० सम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, ४ जेठ-सरकारले कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउन जेठ २० सम्म निरन्तरता दिने भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० जेठसम्म लकडाउन थप्ने निर्णय गरेको हो । पछिल्लो पटक...

अतिआवश्यक सवारी साधन सञ्चालनका लागि ई-पासको व्यवस्था

काठमाडौं, १ बैशाख-कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार...

गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउँछ : महत

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतअन्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधबार विहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् । पाँच दलिय गठबन्धनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्