जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले परीक्षामा गरिरहेको अनुगमनको चौतर्फी आलोचित हुँदा समेत उनले अनुगमन गरिरहेका छन् ।
कक्षा ८ को परीक्षा अनुगमनका लागि मेयर शाह प्रत्येक दिन विद्यालय पुग्छन् । एउटा कोठामा ७÷८ जना लिएर पुग्दा विद्यार्थीहरुलाई समस्या भइरहेको छ । परीक्षा हलमा फोटो खिचाउनेदेखि विद्यालयका सुधारका सम्बन्धमा मेयर साहले छलफल गर्छन् ।
उनले गरिरहेको अनुगमन शैलीको चौतर्फी विरोध भइरहँदा समेत उनी कसैको कुरा नसुनी अनुगमनमा जाने गरेका छन् । सो क्रममा उनले विद्यार्थीहरुले कपीमा के लेखिरहेका छन् भन्ने हेर्छन् भने परीक्षाहलभित्रै फोटो सेसन समेत गर्छन् ।
यसरी गरेको अनुमगनबाट परीक्षा मर्यादित नहुने नेपाल शिक्षक संघ प्रदेश–२ का अध्यक्ष मेघनाथ यादव बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीलाई समस्यामा पार्ने कार्य कहिँबाट हुनुहुँदैन ।’