सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

 न्यूज विराट
सवारी दुर्घटनाबाट ८ महिनामा ५३ जनाको मृत्यु

विराटनगर, फागुन ३०–मोरङमा पछिल्लो ८ महिनामा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा मोरङमा ५३ जनाको मृत्यु भएको छ भने ४ सय ५२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विभिन्न सडक खण्डमा मोटरसाइकल, टिपर, बस, ट्रयाक्टर, ट्रक, माइक्रो, जिपकार, टेम्पु, लगायतका सवारी साधन दुर्घटनामा ९० जना गम्भीर घाइते भएको प्रहरीको तथ्याङमा उल्लेख छ । दुर्घटनाबाट ५ जना बालबालिका, ५ जना महिलासहित ४३ जना पुरुषको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोद्दारले जानकारी दिए ।

अघिल्लो वर्ष सोही अवधिमा भएको दुर्घटनामा परी ७५ जनाले ज्यान गुमाएका थिए । पछिल्लो समय मोरङमा सवारी दुर्घटना कम गर्न विभिन्न ठाउँहरुमा टाइम कार्ड लागू गरिएको बताउदै चेकिङलाई समेत प्राथमिकतामा राखिएको प्रहरी निरिक्षक पोद्दारले बताए ।

सम्बन्धित समाचार

बिरामी–चिकित्सक दुवै असुरक्षितः भनसुनपछि मात्र भर्ना

प्रदेश–५ को सरकारले साताअघि नै कोरोनाको सम्भाव्य जोखिमलाई ध्यान दिई प्रदेशका सरकारी र निजी अस्पतालमा ८९ वटा आइसोलेसन बेड तयार गरेको थियो। ती अस्पतालमा उपचारको प्रबन्ध मिलाउन फोकल पर्सन पनि तोकिएका छन। तर तिनै अस्पताल...

अमेरिकाले जनताको विश्वासलाई अपमान गर्‍यो : चीन

एजेन्सी, जेठ २-अमेरिकाले आफ्ना नागरिकको विश्वासलाई अपमान गरेको चीनले आरोप लगाएको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न अमेरिका असफल भएको आरोप पनि चीनको विदेश मन्त्रालयले लगाएको छ । मन्त्रालयका प्रवक्ता झाओ...

एमसीसी सम्झौता खारेज नगरे आन्दोलन गर्ने चेतावनी

काठमाडौं, १३ भदौ ।युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो ।  एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द गर्नुपर्ने र...

सिंगापुर पुगे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षे सिङ्गापुर पुगेका छन् । उनलाई निजी भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर आएका मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् । साउदी विमानमार्फत् उनी...

सेन्टर मलमा नयाँ वर्षको अफर धमाका

विराटनगर । विराटनगरस्थित सेन्टर मलले नयाँ वर्षको अवसर पारेर ‘सेन्टर मल नव वर्ष २०८१ को अफरहरुको धमाका’ सहितको छुट योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर शुक्रबारदेखि उक्त अफरहरुको धमाका योजना लिएर आएको हो...

कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

काठमाडौं,  २ असोज-ललितपुरमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ललितपुरकी ६६ वर्षीय महिला रहेकी छन् । उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।  उनी गत...

विराट गोल्डकप : आर्मी एनआरटीसँग स्तब्ध

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्