मनमोमह स्मृती पोलिटेक्निकमा ‘मनमोहन स्पोर्टस् मिट २०७६’ सम्पन्न

 न्यूज विराट
मनमोमह स्मृती पोलिटेक्निकमा ‘मनमोहन स्पोर्टस् मिट २०७६’ सम्पन्न

विराटनगर, फागुन १–मोरङको बुढिगंगा गाउँपालिका–४ स्थित मनमोहन स्मृती पोलिटेक्निक इन्स्टीच्युटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै यस वर्ष पनि भव्य रुपले १२ औँ ‘मनमोहन स्पोर्टस् मिट २०७६’ सम्पन्न गरेको छ ।

गत माघ २७ गतेदेखी बिहिबारसम्म खेलकुदका विभिन्न प्रतियोगिता सञ्चालन गर्दै ‘स्पोर्टस् मिट’ सम्पन्न गरेको हो । प्रत्येक वर्ष इन्स्टीच्युटको शैक्षिक क्यालेण्डर अनुसार ‘स्पोर्टस् मिट’ आयोजना हुँदै आएको मनमोहन स्मृती प्रतिष्ठानका सदस्य तथा इन्स्टीच्युटका सुचना तथा सञ्चार प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।

‘स्पोर्टस् मिट २०७६’ मा कलेजमा अध्ययनरत विद्यार्थीहरुले फुटवल, भलिवल, क्रिकेट, व्याडमिन्टन, डोरीतान, म्याराथुन दौड, चेस र हाजिरि जवाफ प्रतियोगितामा भाग लिएका छन् ।

‘स्पोर्टस् मिट २०७६’ अन्तर्गत भएको फुटवल खेलमा इलेक्ट्रोनिक्स विभागले उपाधी हात पारेको भने इलेक्ट्रीकल विभागले उपविजेतामा चित्त बुझाएको छ । त्यस्तै भलिवलको उपाधी इलेक्ट्रीकलले जितेको छ भने इलेक्ट्रोनिक्स विभाग उपविजेता बनेको छ ।

त्यसैगरी क्रिकेट प्रतियोगिताको उपाधी मेकानिकले हात पार्दा सिभिल विभाग उपविजेता बनेको ‘स्पोर्टस् मिट २०७६’ का संयोजक युवराज चौधरीले जानकारी दिए । डोरीतान प्रगियोगितामा सिभिल विजेता बन्दा मेकानिकल विभाग उपविजेता बनेको छ ।

त्यस्तै म्याराथुनमा बिजेता इलेक्ट्रोनिक्स र उपविजेता इलेक्ट्रीकल भएको छ भने चेस प्रतियोगितामा सिभिल विभाग प्रथम र इलेक्ट्रोनिक्स दोस्रो भएको इन्स्टीच्युटका सुचना तथा सञ्चार प्रमुख सत्यनारायण चौधरीले जानकारी दिए ।


सोही अवसरमा मनमोमह स्मृती पोलिटेक्निकमा कार्यरत कर्मचारी तथा शिक्षकहरुबीच १ सय मिटर दौड प्रतियोगितासमेत भएको छ । महिला तर्फ भएको दौडमा साक्षी शर्मा प्रथम, समिक्षा पराजुली द्धितिय र मञ्जु सरदार तृतीय भएकी छन् । त्यसैगरी पुरुष तर्फको दौडमा देवेन्द्र ठाकुर प्रथम, सुजन भुर्तेल द्धितिय र तिलकराम चौधरी तृतीय भएका छन् ।

प्रतियोगितामा विजेता विद्यार्थी तथा शिक्षक कर्मचारी खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र कलेजका प्राचार्य डा. शुभाष श्री पोखरेल, सिटिइभिटिका प्रदेश नं. १ प्रमुख डा. शिवप्रसाद दाहाल, सुचना प्रमुख सत्यनारायण चौधरी, प्रशासन प्रमुख मदन श्रेष्ठ, विभागियप्रमुखहरु लगायतले वितरण गरे ।

‘स्पोर्टस् मिट २०७६’ को समापन समारोहमा बोल्दै कलेजका प्राचार्य डा पोखरेलले विद्यार्थीले अध्ययनका अतिरिक्त खेलकुद क्षेत्रमा पनि चासो राख्नुपर्ने बताए । ‘पढेर मात्र हुँदैन । अतिरिक्त कृयाकलापमा पनि विद्यार्थीले चासो राख्नुपर्छ । एकोहोरो पढ्दा पढ्दा मात्र पनि विद्यार्थीलाई वाक्क दिक्क लाग्न सक्छ । त्सैले सिफ्रेस हुनका लागि पनि खेलकुद आवश्यक छ ।’ उनले भने,‘यसैलाई मध्यनजर गर्दै कलेजले प्रत्येक वर्ष स्पोर्टस् मिट आयोजना गर्दै आएको हो । यसले पक्कै पनि विद्र्याीलाई फ्रेस बनाएको छ । परिक्षा नजिकिन लागेको छ, अब फेरी अध्ययनमा ध्यान दिनुपर्छ ।’

कार्यक्रममा सिटिईभिटिका १ नं. प्रदेश प्रमुख शिवप्रसाद दाहालले अध्ययन संगसँगै खेलकुद पनि आवश्यक रहेको बताए । उनले खेलकुदकै कारण विद्यार्थीको नेतृत्व विकाससमेत हुने बताए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्