असन्तुष्टको सहमतिविना देउवाले गरे ७ विभागीय प्रमुख नियुक्त

 न्यूज विराट
असन्तुष्टको सहमतिविना देउवाले गरे ७ विभागीय प्रमुख नियुक्त

काठमाडौं, फागुन १९–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट नेताहरूको सहमतिविना नै पार्टीका ७ केन्द्रीय सदस्यलाई केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गरेका छन् । सभापति देउवाले विभाग गठनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहमति लिन खोजे पनि पौडेलले १४औँ महाधिवेशनको मिति घोषणा गरिसकेको अवस्थामा विभाग गठन नगर्न भनेका थिए ।

सभापति देउवाले संस्थापन पक्षधर केन्द्रीय सदस्यहरू एनपी साउदलाई शुभेच्छुक संस्था समन्वय विभाग, अम्बिका बस्नेतलाई वन, वातावरण तथा विपद् व्यवस्थापन विभाग, ईश्वरी न्यौपानेलाई महिला विभाग र केशवकुमार बुढाथोकीलाई राज्य प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिअनुसार पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई खेलकुद, वीरबहादुर बलायरलाई निर्माण व्यवसायी समन्वय र हरिप्रसाद नेपाललाई शिक्षा विभाग प्रमुखको जिम्मेवारी दिइएको हो ।

सम्बन्धित समाचार

सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । स्कुलले...

डिएभी र न्यू मून क्वाटरफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश भएको छ । पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित...

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...

मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन्...

कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिकाे बैठक बस्दै

काठमाडौं, ६ जेठकोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा...

नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी सर्तक

वीरगन्ज,३० चैत -पर्साको वीरगन्जमा बस्दै आएका ३ भारतीय मुस्लिम धर्म प्रचारकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रहेको पुष्टि भएको छ । कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरू अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा छन् ।...

भव्य भयो ग्रेडेड स्कुलको ३० औं वार्षिकोत्सव

विराटनगर । विराटनगरमा रहेको ग्रेडेड बोर्डिङ स्कुलले ३० औं वार्षिकोत्सव मनाएको छ । स्कुल परिसरमा शनिबार विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय समिति मोरङका...

चितवनमा बढ्यो सवारी दुर्घटना : एक वर्षमा ४३५ दुर्घटना, १२८ जनाको मृत्यु

चितवनमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३५ दुर्घटना भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्