राशिफल

पार्टी भनेको गडगडाउने खोलाजस्तो हुनुपर्छः प्रचण्ड

 न्यूज विराट
पार्टी भनेको गडगडाउने खोलाजस्तो हुनुपर्छः प्रचण्ड

काठमाडौं, फागुन १५–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भनेको गडगडाहट तरिकाले बग्ने खोलाजस्तो हुनुपर्ने बताएका छन् । बिहीबार राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, ‘कम्युनिस्ट पार्टी भनेको गडगडाउने खोलाजस्तो हुन्छ । कैयौँलाई लाग्छ शान्त भइदिए हुन्थ्यो । खुरुखुरु नेताहरू मिलेर हिँडे हुन्थ्यो । तर, जुन दिन यो पार्टी शान्त भयो, त्यो दिन पार्टी पार्टी रहँदैन । पार्टी पनि चाहिँदैन । शान्त भएपछि साम्यवाद आइसक्छ ।’

प्रचण्डले कम्युनिस्ट पार्टीमा वादविवाद हुनु अन्यथा नभएको जिकिर गरे । उनले भने, ‘साम्यवाद नआउन्जेल पार्टी बन्ने भत्कने काम भइरहन्छ । यसबाट आत्तिनु हुँदैन ।’ नेकपामा तीव्र विवाद बढेको समयमा भएको बागमती प्रदेश स्तरको प्रशिक्षणमा प्रचण्डले आआफ्नो इतिहास पढ्न पनि नेता कार्यकर्तालाई सुझाए । उनले भने, ‘आज पार्टी एकता भएर यहाँसम्म आइपुग्दा को कुन जातका हौँ, कसका सन्तान हौँ भनेर एक पटक सबैले इतिहास पढ्न आवश्यक छ ।’

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...