साढे ७ महिनामा ४७ हजारले लिए व्यक्तिगत पान नम्बर

 न्यूज विराट
साढे ७ महिनामा ४७ हजारले लिए व्यक्तिगत पान नम्बर

विराटनगर, फागुन १५–चालु आर्थिक वर्षको साढे ७ महिनाको अवधिमा आन्तरिक राजश्व कार्यालय विराटनरमा ४७ हजार बढीले व्यक्तिगत पान नम्बर(पि पान) लिएका छन् । आन्तरिक राजश्व विभागले साउन महिनादेखि अनिवार्यरुपमा करदातालाई श्रमिक तथा कर्मचारीले व्यक्तिगत पान नम्बर लिनुपर्ने नियममा कडाई गरेपछि फागुन १४ गते सम्ममा ४७ हजार ३ सय १६ जनाले व्यक्तिगत पान नम्बर लिएका हुन्।

आन्तरिक राजश्व कार्यालय विराटनगरका कर अधिकृत पशुपति घिमिरेका अनुसार साउनेखि सरकारले कामदार तथा कर्मचारीले पनि व्यक्तिगत पान नम्बर लिनुपर्ने प्रावधान रहेकाले पान नम्बर लिनेको संख्यामा बृद्धि भएको हो । उनले साउनदेखि असोज महिना सम्म कार्यालयमा व्यक्तिगत पान नम्बर लिनेको चाप औषतमा दैनिक ३ सय भन्दा बढी रहेपनि त्यस यता अहिले दैनिक सय जना भन्दा बढीको चाप रहेको जानकारी दिए ।

‘व्यक्तिगत पान नम्बर अनिवार्य गरेपछि उक्त पान नम्बर लिनेको संख्या अत्याधिक थियो । साउन देखि असोज सम्म दैनिक ३ सय भन्दा बढीले लिएका थिए ।’ उनले भने,‘अहिले धेरैले व्यक्तिगत पान नम्बर लिइसक्नु भएको छ । त्यसैले सेवाग्राहीको चाप घटेको हो ।’

त्यस्तै कर अधिकृत घिमिरेका अनुसार चालु आर्थिक वर्षकै फागुन १४ गते सम्ममा आन्तरिक राजश्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोक सहित व्यवसायीक पान दर्ता ८ हजार ४ सय ८९, मुल्य अभिबृद्धि कर(भ्याट) १ हजार ३ सय ३०, व्यवसायीक पान दर्ता १ हजार २ सय र विथ होल्डर पान (कार्यालयहरुलाई टिडिएस प्रायोजनका लागि दिइने ) १२्९ दर्ता भएका छन् ।

यो सँगै आन्तरिक राजश्व कार्यालय विराटनगर र करदाता सेवा कार्यालय विराटचोक सहित) ८ हजार ५ सय ६४ भ्याट, विथ होल्डर पान १ सय ९, अन्तशुल्क ४ हजार ५ सय ७९, व्यवसायीक पान दर्ता ५१ हजार ४ सय ३४ र व्यक्तिगत पान दर्ता संख्या ९४ हजार २ सय ७१ पुगेको कर अधिकृत घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

देउवालाई विश्वासको मत दिएको भन्दै युवा संघले जलायो माधव नेपालको पुतला

नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पुतला दहन गरिएको छ । सोमबार बालकुमारीमा राष्ट्रिय युवा संघ नेपालले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको भन्दै नेता नेपालको पुतला दहन गरेको हो । प्रदर्शनमा...

ग्रामथान उपनिर्वाचन : मतदान नसकिएसम्म सवारीसाधन आवतजावतमा रोक

विराटनगर । मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले सवारीसाधन आवतजावतमा रोक लगाएको छ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्नका लागि...

नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

सुर्खेत, २६ वैशाख-आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले साताव्यापी सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । सरकारले नीति तथा कार्यक्रममा लागि सबै समुदायको सहभागिता होस् भनेर सुझाव संकलनकाे थालनी...

राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट भाेलि हुँदै

काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।

सर्वोच्चले भन्यो : पीसीआर परीक्षणको दायरा बढाउनू

काठमाडौं, १ जेठ-सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न...

उत्तराखण्डमा गुफामा लुकेर बसेका एक नेपालीसहित ६ विदेशको उद्दार

एजेन्सी, बैशाख ९-भारतको उत्तराखण्डको एउटा गुफामा बसिरहेका एक नेपालीसहित ६ विदेशीलाई भारतीय प्रहरीले उद्धार गरी क्वारेन्टाइनमा राखेको छ । गुफामा लुकेर बसेकामध्ये दुई जना महिला समेत थिए । उनीहरु ऋषिकेशमा गंगा नदीको किनारस्थित गुफामा बसिरहेका...

प्याब्सन स्पोर्ट्स मिट : चार स्वर्ण पदकसहित पूर्वाञ्चलको अग्रता कायमै

विराटनगर । विराटनगरमा जारी १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटमा मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमीले अग्रता कायमै राखेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङले आयोजना गरेको उक्त...

विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने, १८ मोडल ¥याम्पमा उत्रिने

विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्ने भएको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्