राशिफल

च्याम्पियन्स लिगमा बायर्नको महत्त्वपूर्ण जीत, चेल्सीको यात्रा कठिन

 न्यूज विराट
च्याम्पियन्स लिगमा बायर्नको महत्त्वपूर्ण जीत, चेल्सीको यात्रा कठिन

एजेन्सी, फागुन १४–जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीमाथि महत्वपूर्ण जित निकाल्दै च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । बुण्डेसलिगा लिडर बार्यन म्युनिखले चेल्सीमाथि ३–० को प्रभावशाली जीत निकालेको हो । अन्तिम १६ को पहिलो लेग अन्तर्गत मंगलबार राति भएको खेलमा बार्यनले इंग्लिस क्लब चेल्सीलाई उसकै मैदानमा पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा बार्यनका लागि सर्ज ग्नाब्रीले दुई तथा रोबर्ट लेवान्डोस्कीले एक गोल गरे । पहिलो हाफमा गोलरहित रहेको खेलमा ग्नाब्रीले ५१ र ५४ औं मिनेटमा गोल गर्दै बार्यनलाई अग्रता दिलाए भने लेवान्डोस्कीले ७६ औं मिनेटमा गोल गरेपछि बार्यनले ३–० को जित निश्चित गरेको हो ।

खेलको ८३ औं मिनेटमा मार्कस अलोन्सो सीधै रातो कार्ड पाएर मैदानबाटबाहिरिएपछि चेल्सी अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । दोस्रो लेग आउँदो १८ मार्चमा बार्यनको मैदानमा हुनेछ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...