१ अर्ब बढीको कारोबार गर्दै ‘विराट एक्स्पो २०७६’ सम्पन्न

 न्यूज विराट
१ अर्ब बढीको कारोबार गर्दै ‘विराट एक्स्पो २०७६’ सम्पन्न

विराटनगर, फागुन १०–विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ आजबाट समापन भएको छ । लक्ष्य अनुसारको एक अर्ब बढीको कारोबारगर्दै एक्स्पो सम्पन्न भएको हो । गत फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तराष्ट्रिय प्रर्दशनी शनिवारबाट समापन भएको हो ।

उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्र्तराष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्य अनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रर्दशनी अवधिभरा मा ३ लाख २५ हजार जनाले अवलोकन गरेको तथा १ अर्बको कारोबार भएको जानकारी दिएका छन् । ‘ऐतिहासिकरुपमा एक्स्पो सम्पन्न भएको छ । एक्स्पोको सफलताले हामी अझ उत्साहित भएका छौँ । जुन हाम्रो अपेक्षा भन्दा राम्रो भएको छ’ उनले भने,‘ आगामी वर्षमा अझ प्रदर्शनी स्थलनै निर्माण गरेर ब्यापार मेलालाई निरन्तरता दिनुपर्ने जरुरी छ ।’

विराटनगर–२ स्थित शंकरपुरमा आयोजना गरिएको एक्स्पोमा ४ सय ६५ वटा स्टलहरु राखिएका थिए । जसमध्ये बंगलादेश,भारत,श्रीलंका, पाकिस्तान र भुटानका ४५ वटा स्टलहरु थिए । एक्स्पोमा राखिएका सबै स्टलहरुमा सोचेभन्दा राम्रो ब्यापार भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । ‘एक्पो मुख्य रुपमा उपभोक्त र उत्पादकबिच सम्बन्ध स्थापित गर्ने आधार हो । उत्पादनबारे उपभोक्ताले सहज रुपले जानकारी पनि पाउने माध्याम हो ।’ उनले भने,‘सवै स्टलका कारोवार पनि अपेक्षा भन्दा राम्रो भयो ।’

एक्पोका कारण उपभोक्ता, उद्योगी र ब्यापारी एकैठाँउ जुट्ने अवसर प्राप्त भएको उपभोक्ता तथा व्यवसायीहरुले बताएका छन् । उनीहरुले वर्षेनी ब्यापार मेलालाई निरन्तरता दिन आग्रह समेत गरेका छन् । एक्स्पो आयोजनामा २ करोड बढीको खर्च भएको आयोजक समितिले जनाएको छ । प्रर्दशनीमा अन्तराष्ट्रिय उत्पादनका साथै मेचीदेखी महाकालीसम्मका नेपाली उद्योगहरुले आफ्ना उत्पादन प्रबद्र्धन र विक्रीकालागि ल्याएका थिए ।

एक्स्पोमा विभिन्न अफर र छुटको व्यवस्था गरिएको थियो । बालबालिकाका लागि विभिन्न मनोरञ्जनसाथै हरेक दिन सांगीतिक कार्यक्रम गरिएको थियो । हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन ‘हेलि सिटि टुर’ एक्स्पोको अर्को प्रमुख आकर्षण रहेको थियो । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका थिए ।

सम्बन्धित समाचार

विद्यार्थीले प्रवेशपत्र देखाएर कोभिडविरुद्धको खोप लगाउन पाउने

काठमाडौं, २७ साउन । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा...

७ वर्षे प्रावधानसहित नागरिकता विधेयक समितिवाट पारित

काठमाडौं, ७ असार-संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन संशोधन विधेयक बहुमतले पारित भएको छ । समितिमा आज भएको छलफलपछि समितिका बहुमत सदस्यले वैवाहिक अंगिकृतलाई सातवर्षपछि नागरिकता दिने प्रावधानसहित विधेयक पारित गरेको हो ।...

नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित

विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७...

हिमालय दर्शन कलेजको पुल पार्टी, विद्यार्थीले गरे रमाईलो

विराटनगर । होटल म्यानेजमेन्टमा विराटनगरको अग्रणी शैक्षिक संस्थाका रुपमा स्थापित हिमालय दर्शन कलेजका विद्यार्थीहरूले बिहीबार साँझ विराटनगरमा भव्य पुल पार्टी आयोजना गरेका छन् । कलेजको सहयोगमा विराटनगर एयरर्पोट लाईनमा रहेको होटल एशियाटिकको स्विमिङ पुलमा विद्यार्थीहरूले...

मोरङ पब्लिक स्कूलको १८ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, फागुन १६–मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरेका...

क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता

काठमाडौं, ३० जेठ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड-१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह...

र्‍यापिड टेस्ट किट गडबडीबारे मन्त्रालयले निकाल्यो विज्ञप्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरिएको र्‍यापिड टेस्ट किटको विषयमा विज्ञप्ति निकाल्दै विभिन्न सञ्चारमाध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ । बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा र्‍यापिट टेस्ट किटका बारेमा सञ्चारमाध्यममा...

आज १९१३ संक्रमित थपिए, २३४९ जना डिस्चार्ज

काठमाडौं, २७ कात्तिक-गत २४ घन्टामा नेपालमा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख ४२ सय ४२ पुगेको छ । त्यस्तै, बिहीबार २ हजार ३...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्