
विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु
काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...
झापा, फागुन १०–झापाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लबले यही २० फागुनदेखि २५ सम्म सो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका गरी २ सय ५० खेलाडीको सहभागिता रहने आज काँकडभिट्टामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
क्लबका अध्यक्ष राजु कार्कीले यो दोस्रो संस्करणमा हुने प्रतियोगिताका लागि नेपाल चेस एसोसिएसनबाट समेत स्वीकृति लिइसकेको बताए । उनले बंगलादेशका २०, भारतका ३० तथा नेपालका केही खेलाडीले प्रतियोगितामा सहभागिताका लागि नाम दर्ता गराइसकेको र भुटानबाट पनि खेलाडी सम्पर्कमा आइरहेको जानकारी दिए ।
प्रतियोगितामा खुलातर्फ २० उत्कृष्ट खेलाडी पुरस्कृत हुनेछन् । जसमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ६० हजार, ५० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले बताएका छन् । त्यस्तै, प्रतियोगिताका थप उत्कृष्ट १७ खेलाडीलाई अधिकतम १८ हजारदेखि न्यूनतम ५ हजारसम्मको नगद पुरस्कार प्रदान गरिने क्लबका महासचिव अशोक राईले बताए । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सञ्चालन हुने प्रतियोगितालाई मेची युमा चेस एकेडेमीले सहयोग गरेको छ । प्रतियोगिता सञ्चालनमा करिब २४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले बताएका छन् । रासस
काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...
सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...
विराटनगर – विराटनगर – ४ स्थित नोबल अस्पतालको अर्थोबिभागमा कार्यरत २२ वर्षीया स्टप नर्स चन्द्रिकुमारी दासको हत्या उनकै प्रेमीले गरेको आशंका गरिएको छ । सिराहको फुल्काहकट्टी घर भएकी नर्स चन्द्रिकुमारी विराटनगर विराटनगर–४ बुढाथोकी मार्ग स्थित...
विराटनगर । विराटनगर– ३ मा रहेको मोर्डन एरा स्कुलले अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच...
विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आव्हान भएलगत्तै विपक्षी चार दलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत सुरु गरेका छन् ।नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ...
जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...
एजेन्सी, ७ जेठ । कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ...
काठमाडौं, ३ वैशाख-राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूलाई आउजाउ गर्न सहज हुनेगरी कक्षा १०,११ र १२ को परीक्षा गर्ने विषयमा छलफल सुरू गरेको छ । बोर्डले शिक्षा विकास तथा समन्वय इकाइलाई थप परीक्षा केन्द्र कति चाहिने हो,...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.