विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

 न्यूज विराट
विप्लव नेकपाका जिल्ला सदस्यसहित ५ जना पक्राउ

विराटनगर, फागुन ६–संखुवासभाको चैनपुर १ स्थित गुफापोखरीबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला सदस्यसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चैनपुर– ४, दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित ५ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट विस्फोटक पदार्थसमेत बरामद भएको छ । संखुवासभाका विभिन्न स्थानमा आगजनी र बम विस्फोट गरिरहेकाको खोजी गर्ने क्रममा उनीहरूलाई गुफापोखरीबाट जोरपाटी जाने सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीको गस्ती टोलीले बमसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेकाहरूको साथबाट रेडबुल बम, सकेट बम, विस्फोटनमा प्रयोग हुने सेफ्टी फ्युजलगायत कागजातसमेत बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

जेभिर्यस स्कुलले मनायो वार्षिक उत्सव र अभिभावक भेला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – २ मा रहेको जेभिर्यस बोर्डिङ स्कुलले ९ औं वार्षिक उत्सव तथा अभिभावक भेला विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रम आयोजना गरी वार्षिक उत्सव...

श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने पक्राउ

जनकपुरधाम, २९ कात्तिक-जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव...

आज रातीबाट मोवाइलमा रिचार्ज बराबरकै वोनस व्यालेन्स आउने

नेपाल टेलिकमले आज राती १२ बजेबाट जति रकम रिचार्ज गरेको हो सोही बरावरको बोनस रकम दिने घोषणा गरेको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई रिचार्ज बराबर बोनस ब्यालेन्स रकम दिन निर्देशन दिएपछि उसले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विराटनगरस्थित महेन्द्र रात्रि माध्यामिक विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० मंसिर । विभिन्न सामाजिक कार्यहरु निरन्तर गरिरहेको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निशुल्क दन्त शिविर र जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । वरिष्ठ दन्त चिकित्सक डा. अभिषेक कुमार र उनको टोलीसँगको सहकार्यमा...

भलिबलको उपाधि इडेनवर्ग कलेजलाई

विराटनगर । विराट खेलकुद क्बलले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि विराटनगरस्थित इडेनवर्ग कलेजले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको फाइलनमा महेन्द्र मोरङ क्याम्पसलाई १४–१५, १७–२५, २२–२५ को सोझो सेटले हराउँदै इडेनवर्ग कलेजले उपाधि जितेको...

भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ

एजेन्सी, साउन ३०-भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गृहमन्त्री शाहले शुक्रबार ट्विट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘आज मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ...

देशभरको जनजीवन शान्त र ठप्प

सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ...

मिथिलामा पर्वको उल्लास

महोत्तरी, १४ कात्तिक-महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्