करिब १ करोडको सुनसहित तीन जना पक्राउ

 न्यूज विराट
करिब १ करोडको सुनसहित तीन जना पक्राउ

काठमाडौं, माघ २९–प्रहरीले करिब १ करोड रुपैयाँबराबरको सुनसहित तीन जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरूलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूले ललितपुरको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूको नाम खुल्न बाँकी छ । अन्य केही अझै फरार रहेको र यसबारे प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।

सम्बन्धित समाचार

लागुऔषधसहित युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीबाट लागुऔषधसहित जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी ४० वर्षीय भुवनेश्वर यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै...

विराटनगरमा २२ सहित प्रदेश १ मा ५४ जनामा कोरोना संक्रमण

विराटनगर, २७ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण भएको छ । २५७ जनाको पीसीआर परीक्षण गर्दा ५१ र ९२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

खोपमा समान पहुँच सुनिश्चित गर्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं, २४ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा...

गच्छदारनिकट ११ नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, फागुन २३–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति विजय गच्छदारनिकट ११ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । गच्छदार नेतृत्वको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना समायोजन गर्न यसअघि भएको सहमतिअनुसार देउवाले शुक्रबार...

आज १ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए

काठमाडौं, १८ साउन-विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट ४ गरी १८ शव पनि नेपाल ल्याइएको छ ।  कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको...

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतले पछिल्लो पटक पठाएको इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य...

पाकिस्तानी प्रधानमन्त्री खानले गरे ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौं, फागुन २१–पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आज एक सन्देश पठाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने भएपछि विभिन्न देशका राष्ट्रप्रमुखले स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाइरहेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्