प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

 न्यूज विराट
प्रदेश १ को प्रदेशसभा बैठक सुचारु, वातावरण संरक्षण विधेयक पेस

विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकार र सरकारबाहिरको व्यक्ति भनेर छुट्याउने काम गरेको अरोप लगाउँदै प्रतिपक्षी दल नेपाली कांग्रेसले ललिता निवास प्रकरणमा तत्कालीन मन्त्रीलाई मात्र नभई प्रधामन्त्रीलाई समेत कारबाही गर्नुपर्ने माग राख्दै आएको छ । मंगलवारको प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले संवैधानिक आयोगले सत्तापक्ष र प्रतिपक्ष छुट्याउने काम गरेको आरोप लगाए ।

उनले निष्पक्ष संवैधानिक आयोगले ललिता निवास प्रकरणमा निर्णय गर्नेलाई मात्र नभई जग्गा खरिद गर्नेलाई पनि मुद्दा चलाउँदा विभदपूर्ण रूपमा गरेको आरोप लगाए । ‘संसदीय अभ्यास र गतिविधिलाई बन्धक बनाउने नेपाली कांग्रेसको उद्देश्य होइन । कुनै पनि संवैधानिक निकायले सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद गर्छ भने त्यसका लागि हामीले चुप लागेर बस्ने कुरा आउँदैन ।’ उनले थपे, ‘हाम्रो आन्दोलन सकिएको होइन । विरोधको स्वरूप मात्र परिवर्तन गर्दै संसदको काम कारबाही अघि बढाउन सहयोग गर्छौँ ।’

नेपाली कांग्रेसले अवरोध हटाएसँगै मंगलबारदेखि प्रदेशसभाको काम कारबाही नियमित सुचारु भएको छ । संसद सुचारू भएसँगै प्रदेश सभामा प्रदेशको वातावरण संरक्षण गर्न बनेको बिधेयक पेस भएको छ । प्रदेशसभामा पेस भएको विधेयकमा वातावरण संरक्षण, सम्वद्र्धन गर्ने तथा स्थानीय तहहरूबीचमा वातावरणीय सुधार गर्नेसम्मको नीतिगत व्यवस्था गरेको छ ।

८ परिच्छेदको ५६ दफा रहेको वातावरण संरक्षण विधेयकले वातावरण संरक्षण कार्य गर्नका लागि वातावरण स्वच्छता तथा जलवायु संरक्षण परिषदको ब्यवस्था गरेको प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीश कुसियतले जानकारी दिए । साथै विधेयकमा वातावरण संरक्षण कोषको समेत व्यवस्था गरिएको उनले बताए ।

सम्बन्धित समाचार

२१६ जनामा कोरोना संक्रमण पुष्टि, २०९ जना संक्रमणमुक्त

काठमाडौं, १८ पुस । पछिल्लो २४ घण्टामा २ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २ सय नौ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका...

प्रदेशले २ साताअघि घोषणा गरेको राहत जनकपुरधामबासीले अझै पाएनन्

जनकपुरधाम, ३ वैशाख-स्थानीय समाजसेवीले दैनिक राहत बाँडे पनि प्रदेश  सरकारले घोषणा गरेको सरकारी राहत जनकपुरधामवासीले भने अझैसम्म पाउन सकेका छैनन् । लकडाउनका कारण बेरोजगार बनेका मजदुर तथा विपन्न परिवारलाई लक्षित अहिले समस्यामा रहेका छन् ।...

सार्थक र आरवी भए मिस्टर एण्ड मिस लिटल कोशी

विराटनगर । पाँचौँ संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको उपाधि विराटनगरकी आरवी खड्का र पथरीका सार्थक भट्टराइले जितेका छन् । आरवीले मिस लिटल कोशी र सार्थकले मिस्टर लिटल कोशीको उपाधि जितेका हुन् । जय मिडिया...

बुबाले छोरीको र छोराले बुबाको हत्या गर्ने पक्राउ

काठमाडौं, ८ बैशाख-आफ्नै छोरीको हत्या गर्ने बुबा पक्राउ परेका छन । पक्राउ पर्नेमा वीरगंञ्ज महानगरपालिका–१ का २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह छन् । साहले ७ वर्षीया छोरी अंशु कुमारी सरार्फलाई गत चैत...

काँग्रेस विराटनगर ३ को सभापतिमा धमेन्द्र बानीया निर्वाचित

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगरपालिका वडा नं. ३ को सभापतिमा धर्मेन्द्र बानीया (धर्म) निर्वाचित भएका छन् । आज सम्पन्न भएको निर्वाचनमा २२६ मत ल्याएर धर्म सभापतिमा निर्वाचित भएका हुन् । सभापति पदमा चार जनाको...

नेपाली विद्यार्थीलाई न्याय माग्दै जोगवनी नाकामा अखिल विराटनगरको श्रद्धाञ्जली सभा

विराटनगर । भारतको उडिसास्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको घटनामा न्याय माग गर्दै आज साँझ विराटनगरस्थित रानी नाकामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन विराटनगर महानगर कमिटीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।...

हङकङमा बिल्डिङबाट खस्दा एक नेपाली महिलाको मृत्यु

हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै...

एकै दिन ३४३९ मा संक्रमण पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो ।  आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्