लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

 न्यूज विराट
लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग

विराटनगर, माघ २८–बालबालिकामाथि खासै चेकजाँच नहुने भएपछि लागुऔषध कारीबारीले बालिकालाई तस्करीका लागि प्रयोग गर्न थालेका छन् । सहजै आफूले भनेको ठाउँमा पुग्ने र प्रहरीले पनि बालबालिकामाथि निगरानी नगर्ने देखेपछि बालबालिकाको प्रयोग बढ्न थालेको हो । सबैतिर लागुऔषध कारोबारी बालबालिकालाई लागुऔषध ओसारपसारमा प्रयोग गर्न थालेका छन् । खुला सीमाको पाइदा उठाउँदै तराई क्षेत्रमा तस्करले लागुऔषध ओसारपसारमा प्रलोभन दिएर बालबालिका प्रयोग गर्न थालेको पाइएको छ ।

पछिल्लो समय बालबालिका नै लागुऔषध ओसारपसारमा संलग्न रहेका प्रहरीले पाएको छ । सोमबार बखरी प्रहरी चौकी विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट एक बालकले शरीरमा बाधेर लागुऔषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । बालक पक्राउपछि प्रहरीले ठूलो मात्रामा लागुऔषध भारतबाट नेपालतर्फ ल्याउन बालबालिकालाई प्रयोग गर्न थालेको रहस्य खुलेको हो । धरानका १४ वर्षीय एक बालकको शरीरमा टेपले बाँधेर ल्याएको अवस्थामा लागुऔषध विराटनगर–१२ आइतबारेको नहरबाट बरामद गरेको मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

जोगवनीमा लागुऔषध सेवन गरेपछि तस्करीमा संलग्न गिरोहले लागुऔषध बालकको शरीरमा टेपले बाँधेर पठाइदिएको उनले बताए । तस्करीमा संलग्न गिरोहले ती बालकलाई गन्तव्यसम्म पुर्याएवापत १५ सय रूपैयाँ दिने सहमति गरेको खुलेकोसमेत उनले बताए । प्रहरीले पक्राउ गरेका ती बालक पनि लागुऔषध दुव्र्यसनी रहेको पाइएको बताएको छ । तीन महिनादेखि लागुऔषधको लतमा लागेका उनले आफूले पनि प्रयोग गर्ने र केही रकम लिएर लागुऔषध ओसारपसार गर्ने गरेको प्रहरीसँग बयान दिएका छन् । उनको साथबाट ७५ सेट लागुऔषध बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।

लागुऔषध कारोबारीले रकमको प्रलोभन दिने तथा लागुऔषधको लतमा लगाएर ओसारपसारमा प्रयोग गर्ने गरेको पाइएपछि प्रहरीले सीमामा बालबालिकामाथि पनि निगरानी बढाएको छ । कारोबारीले महिला र बालबालिकाको प्रयोग गरी सीमापारीबाट लागुऔषध नेपाल ल्याउने गरेका छन् ।

सम्बन्धित समाचार

एमाले मोरङले कात्तिक २५ मा शुभकामना आदानप्रदान गर्ने, ५ हजार भन्दाबढीको सहभागिता गराउने दाबी

विराटनगर । दशैं, तिहार, छठलगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज बसेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले...

आज विराटनगरमा एकैदिन ११३ जनामा कोरोना संक्रमण

विराटनगर, १ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास...

प्रदेश १ मा बस्नेत र बरालको मत बराबर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी

विराटनगर, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मत बराबर भएपछि गोला (चिट्ठा) तानेर बस्ने विजयी भएका हुन् । गठबन्धनका बस्नेत र...

प्रदेश १ मा ९० वर्षिया महिला सहित ५७ जना डिस्चार्ज, १८ संक्रमित थपिए

विराटनगर, २१ साउन–प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६ पुरुष ४...

प्रदेश १ः आज पनि माओवादी केन्द्रद्वारा संसद अवरुद्ध

भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले रोष्ट्रमबाटै माफी माग्नुपर्ने माग गर्दै नेकपा माओवादी केन्द्रले आइतबार पनि प्रदेश १ संसद् बैठक पनि अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथि मन्त्रालयबारे सदनमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङले माओवादी...

पेट्रोलियम व्यवसायी महासंघको उपाध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित

विराटनगर । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको केन्द्रीय उपाध्यक्षमा विराटनगरका ध्रुव प्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन् । काठमाण्डौंमा सम्पन्न भएको १३ औं साधरणसभा तथा सातौं अधिवेशनबाट सिग्देल निर्विरोध उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको...

राष्ट्रियसभाका चारै सभापति निर्विरोध

काठमाडौं, २३ साउन=राष्ट्रियसभाअन्तर्गतका समितिमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय...

मोरङको बेलबारीमा श्रीमतिको हत्यापछि श्रीमानले गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी – १ मा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले ४५ वर्षीया श्रीमती गीता लिम्बुको मंगलबा राती १ : ४५ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्