दिल्ली विधानसभाः केजरीवाललाई बहुमत, भाजपालाई फाइदा

 न्यूज विराट
दिल्ली विधानसभाः केजरीवाललाई बहुमत, भाजपालाई फाइदा

एजेन्सी, माघ २८–दिल्ली विधानसमा निर्वाचनको मतगणना सुरु भएको छ । मंगलबार बिहान सुरु भएको मतगणनाको प्रारम्भिक परिणामअनुसार अरविन्द केजरिवालको आम आद्मी पार्टी (आप) ले स्पष्ट बहुमत पाउने देखिएको छ । सुरुवाती मतपरिणाममा आम आद्मी पार्टी एकल बहुमततर्फ अघि बढेको छ । ७० सदस्यीय विधानसभाका लागि भएको निर्वाचनमा ५५ सिटमा आप अगाडि देखिएको छ भने भारतीय जनता पार्टी (भाजपा) १४ सिटमा अघि देखिएको छ ।

यसैगरी भारतीय कांग्रेस पनि एक सिटमा अघि रहेको छ । कांग्रेसका प्रत्यासी हारुन युसुफ बल्लीमारान सिटमा अगाडि रहेका छन् । यो निर्वाचनमा चर्चित अनुहार मानिएका मोडल टाउनमा भाजपाका कपिल मिश्रा र चाँदनी चोकबाट कांग्रेसका प्रत्यासी अलका लाम्बा पछि परेका छन् । दिल्ली सरकारमा मन्त्री रहेका मनिष सिसोदिया र गोपाल राय आ–आफ्नो सिटमा अग्रता बनाइरहेका छन् । ओखलामा आप नेता अमानतुल्लाह खानले अग्रता बनाएका छन् ।

यो नतिजा अन्तिम बनेमा मतसर्वेक्षणबाट गरिएको भविष्यवाणी सही साबित हुनेछ । सबै मत सर्वेक्षणले अरबिन्द केजरिवालको पार्टीले बहुमत हासिल गर्ने देखाएको थियो । सन् २०१५ मा भएको विधानसभा निर्वाचनमा आपले ७० मध्ये ६७ सिट र भाजपाले ३ सिट जितेको थियो ।

सम्बन्धित समाचार

कोशी अस्पतालमा फेरी एक व्यक्तिको मृत्यु, कोरोना आशंका

विराटनगर, साउन २३–कोरोना संक्रमणको आशंका गरिएका विराटनगरका एक पुरूषको कोशी अस्पतालमा शुक्रबार मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषलाई विहान ९ः४० बजे अस्पताल पुग्नसाथ चिकित्सकले...

१५ हजार बढीको मृत्युपछि इटालीमा पहिलो आशाको किरण

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२...

शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

राहतमा कुहिएको दाल बाँड्ने वडाध्यक्ष पक्राउ

जनकपुर, ८ वैशाख-कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश...

सिरहाको मिर्चैयामा बस दुर्घटना : दुईको मृत्यु, २३ जना घाइते

विराटनगर । सिरहाको मिर्चैयामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अरु २३ जना घाइते भएका छन्। आइतबार साँझ सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको बस मिर्चैयामा दुर्घटनामा परेको...

अन्सारीद्धारा ५० परिवारलाई राहत वितरण

विराटनगर, बैशाख २६–विराटनगरको एक मुस्लिम परिवारले ५० परिवारलाई राहत वितरण गरेको छ । मुस्लिम समुदायको पवित्र रमजान पर्वका अवसरमा विराटनगर–१ का नौसाद अन्सारीको परिवारले स्थानीय ५० विपन्न परिवारलाई राहत वितरण गरेको हो । विश्वव्यापी महामारीका...

९ पटक मुद्दा खेपिसकेका राई डेढ किलो गाँजासहित पक्राउ

विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्