रतुवामाईमा शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिवीर सुरु, पहिलो दिन २ सय ६१ ले लिए लाभ

 न्यूज विराट
रतुवामाईमा शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिवीर सुरु, पहिलो दिन २ सय ६१ ले लिए लाभ

विराटनगर, माघ २७–मोरङको रतुवामाई नगरपालिकामा सोमबारदेखि २ दिने शल्यक्रियासहितको विशेषज्ञ स्वास्थ्य शिविर सुरु भएको छ । रतुवामाई नगरपालिकाको नगर अस्पतालको रुपमा सञ्चालन हुन लागेको प्राथमिक स्वास्थ्य केन्द्र झुर्कियामा सोमबारदेखी दुई दिने आँखा, कान, नाक, घाँटी सम्बन्धी रोगहरुको शल्यक्रिया सहित निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

रतुवामाई नगरपालिकाको सहयोग, वि.पि. नेत्र प्रतिष्ठान, आँखा–कान–नाक–घाँटी उपचार केन्द्र सौँठाको आयोजना तथा वि.पि नेत्र प्रतिष्ठान, आँखा–कान–नाक– घाँटी अस्पताल तथा पुनःस्थापना केन्द्र, भक्तपुरको प्राविधिक सहयोगमा विशेषज्ञ स्वास्थ्य शिवीर सुरु भएको हो । शिविरको रतुवामाई नगरपालिकाका मेयर रवीन राइले उद्घाटन् गरे ।

सो अवसरमा बोल्दै मेयर राईले नगरका सवै जनताहरुलाई सर्वसुलभरुपले सबै किसिमका सेवाहरु उपलब्ध गराउने बताए । ‘बाटो घाटो बनाएर मात्र नगरको विकास हुँदैन । नगरको चौतर्फी विकास भएमात्र यहाँको विकास हुन्छ ।’ उनले भने,‘जनताका आधारभुत आवश्यकता सम्बन्धी सबै सेवा नगरपालिकाले उपलब्ध गराउँछ । त्यसैले सहजरुपले गाउँमै नगरवासीले स्वास्थ्य सेवा पाउनुपर्छ भनेर नगरपालिकाले शिविरको आयोजनाका लागि सहयोग गरेको हो । सवैले यो मौकाको लाभ उठाउनुहोस् ।’ 

मेयर राईले हाल वि.पि नेत्र प्रतिष्ठान आँखा–कान–नाक–घाँटी उपचार केन्द्र सौँठाबाट सेवा प्रवाह भैरहेको बताउँदै प्रतिष्ठानको स्थायी संरचना निर्माण भईरहेको जानकारी दिए । उनले संरचना निर्माण सम्पन्न भएपछि सेवा विस्तार सहित स्थायी रुपमा स्थायी रुपमा स्वास्थ्य सेवा उपलब्ध हुने बताए ।

कार्यक्रममा शिविर संयोजक शुभाष न्यौपानेले शिविरमा नेपाल मात्र नभएर छिमेकी मुलुक भारतका विरामीले समेत सेवा लिइरहेको जानकारी दिए । उनले दक्षिणपूर्वी ग्रामिण भेगमा शल्यक्रिया सहितको पहिलो स्वास्थ्य शिविर भएकाले सीमावर्ती क्षेत्रका भारतीय नागरिकले पनि लाभ लिइरहेको बताए । शिविरको पहिलो दिन सोमबार २६१ जनाले सेवा लिएका छन् ।

शिविरमा निःशुल्क आँखाको नाक कान घाँटीको परिक्षण, मोतिविन्दु तथा कानको निशुल्क शल्यक्रिया, सहुलियत दरमा चस्मा तथा श्रवण यन्त्र वितरण गरिने छ । त्यस्तै शिविरमा उपचार हुन नसक्ने दृष्टिविहीन तथा कान नसुन्ने ३ देखि ८ वर्षका बालबालिकाहरुको लागि परामर्श गरी विद्यालय भर्ना गर्ने व्यवस्था मिलाउने, उमेर पुगिसकेका दृष्टिविहीन तथा कान नसुन्ने हरुका लागि परामर्श र जिवनोपयोगी तालिम दिने व्यवस्था गरिने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

प्रविधिविनाको ज्ञान उपयोग हुन सक्दैन : मन्त्री घिमिरे

विराटनगर, बैशाख १७–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षालाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । प्रविधि विनाको ज्ञान उपयोग हुन नसक्ने भएकाले यसको प्रयोगमा उनले जोड दिएका हुन् । सामाजिक विकास मन्त्रालयद्धारा सञ्चालित...

अवैध रूपमा नेपाल छिर्ने भारतीयलाई रोक्न सशस्त्रद्वारा हवाई फायर

झापा, ४ साउस-झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरूलाई नेपाल प्रवेश...

विराटनगरमा टेबलटेनिस प्रतियोगिता, तीन स्कुल फाइनलमा

विराटनगर । विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको फाइनलमा विराटनगरको तीन वटा स्कुल पुगेको छ ।विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगिताको पाmइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल...

काठमाडौं उपत्यकामा आज ३४८ कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...

दादुरा–रुबेलाको खोप अभियान, विराटनगरमा ५५ हजार बालवालिकालाई खोप लगाउने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । अभियानभरीमा महानगरपालिका भित्र ५५ हजारलाई खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा...

लेखा परीक्षणमा विश्‍वसनियता आवश्‍यक : अर्थमन्त्री खतिवडा

काठमाडौं, २१ साउन-अर्थमन्त्री डा. युवराज खतिवडाले लेखा परीक्षणमा थप विश्‍वसनीयताको आवश्‍यक रहेको बताएका छन् । अडिटर्स एसोसिएसनको स्थापना दिवसका क्रममा आयजित कार्यक्रममा खतिवडाले लेखा मापदण्ड, रिपोर्टिङ प्रणाली र अन्तिम लेखापरीक्षणको विश्वसनीयतामा सरकारले ध्यान दिइरहेको बताए...

ओलीले पार्टीको निर्णय मान्नु पर्ने अगेनो रेष्टुरेन्ट भेलाको निष्कर्ष

काठमाडौं, १७ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहको भेलाले ओलीलाई स्थायी कमिटीको बैठकले गरेको निर्णय मान्न निर्देशन दिने निष्कर्ष निकालेको छ । बुधबार दिउँसोबाट सुरु भएको ललितपुरको अगेनो रेष्टुरेन्टमा...

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेशको अध्यक्षमा कला डाँगी

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनिय (नाबुन) कोशी प्रदेशको अध्यक्षमा विराटनगरकी कला डाँगी निर्विरोध निर्वाचित भएकी छिन् । झापाको बिर्तामोडमा बुधबार सम्पन्न भएको नाबुन प्रदेशको तेस्रो अधिवेशनबाट डाँगी अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित भएकी हुन् ।नवनिर्वाचित अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्